पुस ८, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९३ पैसा र बिक्री दर १६० रूपैयाँ ६६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।