आज शुक्रबार तोलामा एक हजार दुई सयले घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

साझासवाल

<p><b>पुस ८, काठमाडौँ | </b>नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेको हो ।&nbsp; &nbsp;<br></p><p>नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ रहेको छ ।&nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp; &nbsp;&nbsp;</p><p>त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।&nbsp; &nbsp; &nbsp; &nbsp;&nbsp;</p>

Leave a Comment

Leave a Reply