2026-11-01 09:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

पुस १०, सिन्धुपाल्चोक । मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ । मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इञ्जीनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो । 

भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित रु ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ । मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । 

पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक–पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जीनियर कार्कीले जानकारी दिनुभयो । नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । साथै टार–पिपलबोट भित्री सडक निर्माणका लागि समेत रु दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

विपद् प्रतिकार्य अभ्यास तालिम 

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको समन्वय र आर्सो नेपालको आयोजनामा पालिकाका कर्मचारी तथा जनप्रतिनिधिका लागि आयोजित तीनदिने विपद् प्रतिकार्य अभ्यास तालिम शनिबार सम्पन्न भएको छ । तालिममा आगो, बस दुर्घटना र बाढीबाट प्रभावित भई विपद्मा परेका नागरिकलाई के–कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रम गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरिएको आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले जानकारी दिनुभयो ।

गाउँपालिकाका चार वडा सचिव र १० शाखा प्रमुखलाई प्रारम्भिक तालिम दिइएको हो । तालिमको राजाराम श्रेष्ठ, हर्षमान महर्जन र टीका महर्जनले सहजीकरण गर्नुभएको थियो । दैवी प्रकोपको तयारीका बारेमा जनचेताना फैलाउने उद्देश्यले गरेको सो कार्यक्रममा दैवी प्रकोप आएको नाटकीय प्रदर्शन गरिएको थियो । यो अभ्यास वर्षा सुरु हुनुअघि, प्राक्टिकल एक्सनले दैवी प्रकोप न्यूनीकरण कार्यक्रमअन्तर्गत काम गरेको प्रत्येक समुदायमा गर्ने गरिएको छ । यस्ता तालिम विपद् जोखिम रहेका हरेक वडामा आवश्यक रहेको वन वातावरण तथा विपद् शाखाका सदस्यसचिव नारायण बन्जरा क्षेत्रीले बताउनुभयो ।

सूची निर्माण

मेलम्ची नगरपालिकाको आपत्कालीन कार्य सञ्चालन केन्द्रको स्थापनापश्चात विपद्को समयमा आवश्यक सहयोग, समन्वय, सूचना सम्प्रेषण तथा सम्पर्क गर्नका लागि आपत्कालीन सम्पर्क नम्बरको सूची निर्माण गरिएको छ । यस्ता आकस्मिक नम्बर प्रत्येक वडा तथा मुख्य बजारमा उपलब्ध गराउने प्रक्रियमा केन्द्र रहेको मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले बताउनुभयो ।

यसका साथै आगामी दिनमा आकस्मिक टोल फ्री नम्बरको व्यवस्थापन गरी २४सै घण्टा विपद्बारे जानकारी, सूचना उपलब्ध गराउन सक्ने व्यवस्था गर्नेतर्फ यस केन्द्रले तयारी गरिरहेको दुलालले बताउनुभयो । यसबाट विपद्बाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विश्वास पालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द