<p><b>पुस ११, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ ०७ पैसा रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५३ पैसा र बिक्री दर १६० रूपैयाँ २५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/c290cfd8b77ffcd23bbca318eec3025b1672022235.jpg" style="width: 554px;"><br></p>
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
Leave a Comment

