<p><b>पुस १६, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७८ पैसा र बिक्री दर १४१ रूपैयाँ ४२ पैसा रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९१ पैसा र बिक्री दर १५९ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/df58f91413a5559b254a595d5d5bcbd71672456131.jpg" style="width: 548px;"><br></p>
