<p><b>पुस १८, काठमाडौँ | </b>नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ३६ पैसा र बिक्री दर १४२ रूपैयाँ रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ७६ पैसा र बिक्री दर १६० रूपैयाँ ४९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/6b543597aabadd7513072242b21bc0861672626465.jpg" style="width: 549px;"><br></p>
