सुनको भाउ फेरि एक हजार रुपैयाँले बढ्यो, कतिमा हुँदै कारोबार?

साझासवाल
1 Min Read

<p><b>पुस २४, काठमाडौँ |</b> सुनको भाउ आज फेरि बढेको छ ।<br></p><p>अस्ति शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेकाे हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ।</p><p>अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।</p>

Share This Article
Leave a Comment

Leave a Reply