<p><b>माघ ५, काठमाडौँ |</b> नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२९ रूपैयाँ ६९ पैसा र बिक्री दर १३० रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५३ पैसा रहेको छ। </p><p>त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/42e751f53786437c29e0cee09494c1921674097823.jpg" style="width: 549px;"><br></p>


