पढ्न करिब 1 मिनेट लाग्छ

माघ १२, काठमाडौँ | नेपाल राष्ट्र बैँकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ७० पैसा र बिक्री दर १४२ रूपैयाँ ३५ पैसा रहेको छ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ३२ पैसा र बिक्री दर १६१ रूपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६५ पैसा र बिक्री दर ३५ रूपैयाँ ८१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।