2026-09-20 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारको कुन निकायमा जान्छ तस्करीबाट आएको करोडौँ मूल्यको सुन ?

माघ २०, काठमाडौँ | भन्सार विभागले बिहीबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो अवैध सुन बरामद गरेर छानबिन अघि बढाएको छ । क्यानडाका नागरिकले संयुक्त अरब इमिरेट्सको फ्लाई दुबईमार्फत अवैधरुपमा नेपाल ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले बरामद गरेको हो । विदेशबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सुन चेकजाँचका क्रममा फेला परेपछि बरामद गरेको भन्सार कार्यालयले जानकारी दिएको छ ।

यस्तै, यही वर्षको पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै १९ किलो सुन बरामद गरिएको थियो । सुनलाई लिक्वीड बनाएर कपडामा लेपन लगाएको अवस्थामा उक्त सुन भेटिएको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको थियो । पुस ८ गते र माघ १९ मा बरामद गरिएको सुन एउटै प्रकृतिको रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद  खनालले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले यसरी सुन जफत गर्ने गरेको नयाँ विषय भने होइन । समय–समयमा विदेशबाट अवैधरुपमा ओसारपसार गर्दै गरेको अवस्थामा विमानस्थल भन्सार कार्यालयले करोडौं मूल्य बराबरका सुन पक्राउ गर्ने गरेको छ । र, यसरी पक्राउ गरिएको सुन स्वतः सरकारी राजश्वमा जम्मा हुन्छ । यद्यपि, यसमा केही प्रक्रिया भने पुराउनुपर्ने सरोकारवालाहरू बताउँछन् ।

कुन निकायमा जान्छ अवैध सुन ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटोबाट ल्याइने अवैध सुन विमानस्थलको भन्सार कार्यालयले जफत गर्छ । यस्तै, देशका अन्य भन्सार नाकाबाट ल्याइएको सुन समेत सोही नाकामा अवस्थित भन्सार कार्यालयले पक्राउ तथा जफत गर्ने गर्छ । तर, भन्सार छलेर अवैधरुपमा देशको सीमा भित्र छिरेको सुन भने नेपाल प्रहरीको विभिन्न निकायले पक्राउ तथा जफत गर्दै आइरहेको छ । यस्तै, समय–समयमा अध्यागमन विभागले समेत अवैधरुपमा नेपाल भित्रिएका सुन जफत गर्ने गर्छ ।

केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ । अवैधरुपमा आयात गरिएको र भ्रष्टाचार भएको सुन वा चाँदी सँधै टक्सार विभागले प्राप्त गर्छ र सोबराबरको रकम राज्यलाई भन्सार विभागमार्फत जम्मा गरिदिन्छ ।

यसका साथै, कर छली वा भ्रष्टाचार गरेर जम्मा गरिएको सुन समेत प्रहरीले जफत गर्ने गर्छ । यसरी भन्सार कार्यालय, अध्यागमन विभाग र नेपाल प्रहरीले विभिन्न समयमा विभिन्न स्थानबाट सुन जफत गरेपछि अवैध ओसारपसार गर्ने, अवैध कारोबार गर्ने वा अवैधरुपमा सुन राख्ने व्यक्तिविरुद्ध अदालतमा मुद्दा पर्छ । विभिन्न स्थानमा जफत गरिएको सबै सुन भन्सार कार्यालयमा जान्छ भने मुद्दामामिलाको विषय नेपाल प्रहरीले हेर्छ ।

अदालतले अवैधरुपमा ल्याएको सुन वा भ्रष्टाचारको भनेर फैसला गरेपछि भन्सार विभागले उक्त सुन वा चाँदीलाई आफ्नो सम्पत्तिका रुपमा प्रयोग गर्न पाउने बाटो खुल्छ । र, भन्सार विभागले उक्त सुनका सुद्धताका आधारमा तत्कालीन समयको बजार मूल्यअनुसार नेपाल राष्ट्र विभागलाई हस्तान्तरण गर्छ । र, केन्द्रीय बैंकले तत्कालीन प्रचलित मूल्यअनुसार उक्त सुन वा चाँदीको मूल्य विभागको खातामा जम्मा गरिदिन्छ । सुन वा चाँदी राष्ट्र बैंकले लिएबापत भन्सार विभागको खातामा जम्मा गरिएको रकम राजश्वका रुपमा संघीय सरकारले प्रयोग गर्ने भन्सार अधिकृत खनाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो