2026-10-12 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने व्यवस्था गर्न माग

फागुन १०, काठमाडौँ | लघुवित्त वित्तीय संस्थाका कारण न्यूनआय भएका वर्ग झन् प्रभावित बनेको भन्दै संसद्मा लघुवित्तलाई नियमन गर्न आवाज उठेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न र एउटा ऋणीले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो”, उहाँले भन्नुभयो । 

सांसद अञ्जली श्रेष्ठले बढ्दो महँगी, बेरोजगारीलगायत किसानका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिसा नेपालीले वर्षायाममा हुने जनधनको क्षति हुन नदिन अहिले नै काम थाल्न आग्रह गर्नुभयो । सांसद अम्बिका बस्नेतले चाबहिलको महाँकालस्थित सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद असिम शाहले सरकारी सेवा एकीकृत रुपमा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको ‘नागरिक एप’को प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता नदिएको भन्दै नागरिक एप र ट्राफिक प्रहरीबीच समन्वयको व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभयो । 

सांसद इश्वरबहादुर रिजालले शून्य समयमा उठाएको कुरा शून्य बराबर नहोस् भनी सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कल्पना मियाँ कुसारीले अघिल्लो पटकको शून्य समयमा मैले केही प्रश्न राखेको थिएँ, त्यो जवाफ अहिलेसम्म आएन, त्यो जवाफ कहिलेसम्म कसको बाट पाउने होला ? भनी प्रश्न गर्नुभयो । 

सांसद उर्मिला माझीले माझी जातिले फागुनको तेस्रो मङ्गलबारलाई पर्वका रुपमा मनाउँदै आएकाले सो दिनलाई राष्ट्रिय पर्वका रुपमा सूचीकृत गर्न माग गर्नुभयो । सांसद कुसुमदेवी थापाले ढोरपाटन सिकार आरक्षका चार ब्लक रुकुम क्षेत्रमा पर्ने भएकाले सो आरक्षमा उठेको राजस्व रुकुमका स्थानीय तहले पनि पाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी