2026-10-12 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चक्रपथमा साइट क्लियरेन्सको काम फेरि सुरु, गोंगबु क्षेत्रको शिव मन्दिर हटाइयो

फागुन १५, काठमाडौँ | काठमाडौंको चक्रपथ विस्तार आयोजना अन्तरगत साइट क्लियरेन्सको काम फेरि सुरु भएको छ । यसैक्रममा टोखा नगरपालिकाको गोंगबु क्षेत्रको शिव मन्दिर सहितको संरचना डोजर लगाएर हटाइएको छ ।

काठमाडौं महानगरपालिका र टोखा नगरपालिका क्षेत्रमा पर्ने चक्रपथको साइट क्लियर भैरहेको आयोजनाका प्रवक्ता रामहरी पोखरेलले बताए । उनले बिस्तारको काम भने अहिले सुरु नभए पनि क्लियरेन्सको काम मात्र भइरहेको बताए । उनले भने, ‘चक्रपथको डिजाइनमै काम गर्न अझै बाँकी छ, तर यो बिचमा साइटमा पर्ने केही मन्दिर, संरचना आयोजनाले भत्काइरहेको छ । साइट क्लियरेन्सको काम निरन्तर हुन्छ ।’

साइट क्लियर नहुँदा चक्रपथ विस्तारको काममा ढिलाइ हुँदै आएको छ । कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको डिजाइन कार्य अघि बढ्ने भएको छ । यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ । चीनले नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब साढे ४ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।

हालै सो खण्डको भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन छोङ्गले स्थलगत अवलोकन गरेका थिए । सो क्रममा मन्त्री श्रेष्ठले चक्रपथको दोस्रो खण्डको विस्तार छिटै सुरु हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी