2026-10-12 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अमेरिकाको बैंक बन्द हुँदा सुनको भाउ एकै दिन १७ सय बढ्यो

फागुन २८, काठमाडौँ | आइतबार एकै दिन सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बजार बन्द हुँदा सुन एकै दिन प्रतिऔंस ३५.९ डलर बढेकाले नेपाली बजारमा आइतबार त्यसको असर परेको हो । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा समायोजन हुन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार सुनको मूल्य ८ सयले बढेको थियो ।

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द हुनु र स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्य बढेको जानकार बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिकाको स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता सुनमा आकर्षित भएको र यसले मूल्य बढाएको बताए । ‘विश्वका प्रमुख स्टक मार्केटले सुनको मूल्यलाई सिधा असर गर्छ, यसको प्रभाव पनि आइतबार देखिएको हो’ उनले भने 

तरलताको समस्याका कारण अमेरिकी सिलिकन भ्याली बैंक बन्द भएको छ । बैंकले ठूलो रकमको बोन्ड बिक्री गरी तरलता व्यवस्थापन गर्दा त्यहाँको स्टक मार्केट समेत प्रभावित बन्न पुगेको छ । जसले गर्दा लगानीकर्ताको विश्वाष सुनप्रति बढेको शाक्यले बताए । सिलिकन बैंक बन्द भए पनि सबै बचतकर्ताको सबै रकम सुरक्षित रहेको सीएनबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी