2026-10-11 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक शिक्षाका नाममा ७ महिनामा पौने ४४ अर्ब बाहिरियो

फागुन २९, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो ।  जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८ अर्ब ५५ करोड रुपैयाँ बराबरको घाटा लाग्न पुगेको छ । यद्यपि, समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय १०७.४ प्रतिशतले र भ्रमण व्यय ५६.६ प्रतिशतले वृद्धि भएको हो । 

अघिल्लो वर्ष यस्तो आय/व्यय क्रमशः १५ अर्ब ५४ करोड रुपैयाँ र ३९ अर्ब ९६ करोड रुपैयाँले घाटमा रहँदा कूल घाटा ५५ अर्ब ९ करोड रुपैयाँ पुगेको थियो । 

एब्रोड स्टडीका नाममा पौने ४४ अर्ब बाहिरियो 

केन्द्रीय बैंककाअनुसार चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक शिक्षा (एब्रोड स्टडी) का नाममा मात्र पौने ४४ अर्ब रुपैयाँ बराबरको नगद बाहिरिएको छ । समीक्षा अवधिमा सेवातर्फको खर्चमा नेपालबाट विभिन्न देशमा गरी कूल ४३ अर्ब ७४ करोड रुपैयाँ बाहिरिएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३९ अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । तुलनात्मक रुपमा यसवर्ष शिक्षातर्फको खर्च ९३.५४ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम बूढीगण्डकीमा विनाशकारी बाढी: गोरखामा ६ पुल बगे, १० जना सम्पर्कविहीन कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी