2026-09-20 07:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विराटनगरकाे तुलसी सहकारीमा १२ करोड ९ लाख घोटाला, उपाध्यक्ष र सचिवसहित तीन जना पक्राउ

फागुन २९, मोरङ | मोरङको विराटनगरस्थित तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहकारीकी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास रहेका छन् । बचतकर्ताको रकम ठगीको आरोपमा थप ८ जनालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार सहकारीले १२ करोड ९ लाख ४ हजार ४८७ रूपैयाँ बराबरको रकम घोटाला गरेको देखिएको छ । ठगिए भनेर आउनेहरुको संख्या दिनदिनै बढेकाले घोटाला रकम बढ्ने मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए । अहिलेसम्म १२१ जनाले उजुरी दिएको उनले जानकारी दिए ।

‘हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध तरिकाले ठूलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको छ’, प्रहरी उपरीक्षक पोखरेलले भने ।

उनका अनुसार प्रहरीले तुलसी सहकारीमा बचत गर्ने बचतकर्ताहरु, पीडितहरुले ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङमा आइ जाहेरी वा उजुरी दिन अनुरोध गरेको छ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख पोखरेलले २१ हजार ७१३ सदस्य रहेको सहकारीका विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

विराटनगरमा मुख्य कार्यालय भएको सकहारीले झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्रमार्फत कारोबार गरेको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले सहकारीका क्षेत्रीय प्रवन्धकसहित ८ जना पदाधिकारीविरूद्ध जाहेरी परेको बताएको छ । नेपालभर नै कार्यक्षेत्र रहने गरी २०५२ चैत १३ गते सहकारी विभागमा सो सहकारी दर्ता भएको थियो ।

तत्कालीन विराटनगर उपमहानगरपालिका वडा नं ३ हाल वडा नं २ मा सञ्चालित तुलसी सहकारी संस्थाको देशैभर २१ हजार ७१३ जना सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय विनाजानकारी बन्द भएपछि समस्या सुरु भएको थियो । बचतकर्ताहरूको रकम फिर्ता नदिई सञ्चालक समितिका पदाधिकारीहरू सम्पर्कविहीन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो