2026-09-18 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सुनसरी खुला दिसामुक्त जिल्ला घोषित

असार २०, इटहरी | सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ ।

सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश नं १ का वन, पर्यटन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुशियत र खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक मनोज घिमिरेले संयुक्तरुपमा बिरुवामा पानी हाल्नु भई तथा बत्ती बालेर जिल्लालाई खुला दिसामुक्त भएको घोषणा गर्नुभयो । 

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरी, सुनसरी, स्थानीय सरसफाइ तथा स्वच्छता समन्वय समिति र युएन ह्याविट्याटको सहयोगमा नारी विकास संघ, प्रयास नेपाल लगायत दर्जनभन्दा बढी गैरसरकारी संस्थाको सक्रियतामा सुनसरी जिल्लाका एकलाख ४४ हजार ३४७ घरमा सबैले चर्पी निर्माण गरेर प्रयोग गरेको अनुगमन प्रतिवेदनले देखाएपछि यस जिल्लालाई खुला दिसामुक्त घोषित गरिएको हो । 

चर्पी निर्माण तथा प्रयोग र सरसफाइ अभियानमा यस जिल्लाका सम्पूर्ण शैक्षिक प्रतिष्ठान, स्थानीय तह, सञ्चारकर्मी राजनीतिक दल, धार्मिक गुरु, मिशन ओडिएफ टोलीलगायत सो क्षेत्रमा कार्यरत सामाजिक अगुवाको समेत सक्रियता रहेको थियो । 

जिल्लालाई खुला दिसामुक्त घोषित गर्नका लागि पछिल्लो समयमा नारी विकास संघ, प्रयास नेपाल, सामाजिक समुदाय विकास केन्द्र, प्लान नेपाल, युथ क्रियशन सुनसरी, नेपाल रेडक्रस सोसाइटी, पानी, वातावरण र जीवन संस्था (वेल), वल्र्डभिजनलगायतका संस्थाले सक्रिय भएर सरसफाइ अभियानमा कार्य गरेका थिए । 

उक्त अवसरमा कार्यक्रमको प्रमुख अतिथि भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले यस जिल्लालाई स्वच्छ, हराभरा र सफा राख्नका लागि समुदायस्तरबाट सवैले आआफ्नो घर, टोल र समुदाय नै सफा राख्ने विषयमा सधँै सक्रिय रहनु पर्ने कुरामा जोड दिनुभयो । 

सोही अवसरमा राज्यमन्त्री चौधरीले जिल्लाको सरसफाइ कार्यमा सक्रिय विभिन्न स्थानीय तहका पदाधिकारी, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीलाई सम्मानसमेत गर्नुभयो । 

यसैगरी, सो अवसरमा विभागद्वारा सुनसरी जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई जिल्ला नै खुला दिसामुक्त घोषित गर्न सफल भएकोमा कदरपत्र मार्फत सम्मान गरियो । साथै उक्त कार्यक्रममा स्थानीय तहका तत्कालीन सचिव एवं अन्य अभियानकर्मीलाई समेत कदरपत्रमार्फत सम्मान गरियो । 

कार्यक्रममा पूर्वराज्यमन्त्री सीताराम मेहता, एक नम्बर प्रदेशका प्रदेशमन्त्री जगदीशप्रसाद कुशियत, प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख तथा सांसद राजीव कोइराला, विभागका उपमहानिर्देशक मनोज घिमिरे, समन्वय समिति सुनसरीका सचिव डिभिजनल इञ्जिनियर देवनाग सिंह, नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारी, भोक्राहा गाउँपालिका अध्यक्ष महेन्द्र यादव, युएन ह्याविट्याटका सुधार श्रेष्ठ, प्लान नेपालकी कलावती चोङवाङलगायतले बोल्नुभएको थियो । 

जिल्ला सरसफाइ तथा स्वच्छता समन्व्य समितिका अध्यक्ष गोपाल राजभण्डारीको अध्यक्षतामा भएको जिल्ला खुला दिसामुक्त घोषणा समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रमसँगै सरसफाइसँग सम्बन्धित जनचेतना विस्तारका कार्यक्रम र झाँकीसमेत प्रस्तुत गरिएका थिए । 

साथै, सोही समारोहमा जिल्लालाई खुला दिसामुक्त घोषित गराउन महत्वपूर्ण भूमिका एवं योगदान गर्नुहुने ललिता लम्साल, सुजाता शाक्य, मुनु सिलवाल र तारा कार्कीलगायतलाई पनि विशेष सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई