२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमा मातृभाषामा शिक्षा

२०७५, २९ पुष आईतवार ०७:५३

 पुस २९, काठमाण्डौ |  वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । 

श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । 

सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण गर्न पाउने गरी आएको आवाससम्बन्धी विधेयकलाई श्रेष्ठले राज्यको अधिनायकवादी सोच भन्दै त्यसमा संशोधन दर्ता गराई पीडितको पक्षमा संशोधनसहित पारित गराउनुभएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेवाः जातिको उत्थानका लागि मातृभाषामा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न मुलुकमा रहेका नेवारहरूले नेपाल भाषा संस्कृति जोगाउन महत्वपूर्ण योगदान गरेको बताउनुभयो । 

सम्मानित श्रेष्ठले नेपालको राष्ट्रिय एकीकरण नेपाली जनताको भावना जोडेर मात्र हुने बताउनुभयो । च्याप्टरका अध्यक्ष शाक्य सुरनेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले नेवारहरूको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा सक्रियताका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी