२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वैशाखदेखि देशभरका चलचित्र मन्दिरमा बक्स अफिस

२०७५, २८ चैत्र बिहीबार १३:२४

चैत २८, काठमाडौँ (रासस) | चलचित्र विकास बोर्डले बैशाखको पहिलो हप्तादेखि देशभरका चलचित्र घरमा बक्स अफिस सञ्चालनमा ल्याउने भएको छ । 

देशभर प्रदर्शनमा आएका चलचित्रका कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क राख्न नसकेको बोर्डले बक्स अफिस सञ्चालनमा आइसकेपछि केन्द्रमै बसेर त्यसबारे जानकारी लिन सक्ने बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराईले बताउनुभयो । “पछि सञ्चालनमा आएका नयाँ चलचित्रघरमा त टिकटको जानकारी कम्प्युटरमा नै अपडेट गरिन्छ तर पुराना घरहरुमा प्रभावकारी रुपमा सञ्चालनमा आउन अलि समय लाग्छ”, उहाँले भन्नुभयो । कम्प्युटर चलाउन नजान्ने चलचित्रघरका कर्मचारीलाई बोर्डले तालीम दिने जानकारी उहाँले दिनुभयो । 

बोर्डले हाल नयाँ सर्भर बनाउनका लागि म्याक्स इन्टरनेशनललाई जिम्मा दिएको छ । म्याक्सले केही दिनपछि नै नयाँ सर्भरलाई कम्प्युटरमा राख्ने काम गर्नेछ । हाल काठमाडौँ उपत्यकाभित्र मात्र बक्स अफिस सञ्चालनमा छ । काठमाडौँ उपत्यकाभित्र र बाहिर गरी अहिलेसम्म देशभर  जम्मा ३९४ चलचित्रघर छन्  जसमा हाल २१५ मात्र सञ्चालनमा छन् ।  चालु आर्थिक वर्ष २०७५÷०७६ मा १३  नयाँ चलचित्रघर सञ्चालनमा आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी