२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा कतै विद्यालय सञ्चालन, कतै बन्द

७ बैशाख २०७८, मंगलवार ०८:२३

वैशाख ७, टीकापुर । सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन कैलाली जिल्लामा रहेका विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेपछि कैलालीका स्थानीय तह कसैले विद्यालय चलाउने त कसैले बन्द गर्ने निर्णय गरेका छन् । 

कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेपछि कैलालीका पालिकामा शिक्षा सम्बद्ध सरोकारवाला सहभागी बैठकले विभिन्न निर्णय गरेका छन् । 

कैलालीको टीकापुर नगरपालिकाले वैशाख १५ गतेसम्म विद्यालय सञ्चालन राख्ने र वैशाख १५ गतेदेखि परीक्षा गरेर मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा अधिकृत नरेश अवस्थीले विद्यालय सञ्चालक तथा प्रधानध्यापक सहभागी बैठकले परीक्षा गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

“जोखिम बढी नरहेकाले शिक्षक, विद्यालय सञ्चालक र अभिभावकसँगको छलफलमा परीक्षा सकेर विद्यालय बन्द गर्ने सहमति भएको छ । अब वैशाख १५ गतेदेखि परीक्षा सञ्चालनको तयारी शुरु भएको छ”, शिक्षा अधिकृत अवस्थीले भन्नुभयो, “परीक्षा सकेर बन्द गर्नेछौँ । अहिले बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने र पढेको कुरा बिर्सने डर बढी हुन्छ ।”

कैलालीको धनगढी महानगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले भने विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जानकी गाउँपालिकाले वैशाख ७ गतेदेखि १३ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिनुभयो । “हामीले सात दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ । सात दिनपछि परीक्षाको तयारी शुरु हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई परीक्षा तयारी बिदा हो तयारी गर्नुस् भनेका छौँ । जोखिम बढेपछि सरकारको निर्देशन पालना गरेका हौँ ।”

लम्कीचुहा नगरपालिकाले वैशाख ७ गतेदेखि १५ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले जानकारी दिनुभयो । “हामीले छलफल गर्दा सबैबाट यही सुझाव आयो, भारतबाट नेपाल फर्केका धेरै नागरिक भएकाले विद्यालयमा जोखिम हुनसक्छ भनी १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ”, न्यौपानेले भन्नुभयो, “अब विद्यालय धेरै बन्द गर्न त सकिँदैन । सबै कुरा छलफल र सहमतिमा गर्ने हो ।”

धनगढी उपमहानगरपालिकाले समेत वैशाख १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । धनगढी बढी भिडभाड हुने शहर भएकाले धनगढीमा विद्यालय बन्द गर्न सरकारले निर्देशन दिएको थियो । सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधि, प्याब्सन, एनब्याब्सनका प्रतिनिधि र अन्य सरोकारवालासँग सुझाव सङ्कलन गरेपछि वैशाख १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरिएको उपप्रमुख सुशीला मिश्र भट्टले जानकारी दिनुभयो । उपप्रमुख मिश्र भट्टले सबै पक्षसँग सुझाव लिएपश्चात् १९ वटै वडाका अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन