माघ २३ देखि विद्यालय खोल्न दिन प्याब्सनको माग

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।

खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।  

शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि निर्णयमा पुग्ने बताएका थिए । 'शिक्षामन्त्रीले कोरोनाको परिस्थिति हेरेर निर्णयमा पुगौँला । पहिला खोप लगाउ । खोप लगाइसकेपछि कोरोनाको अवस्था हेरेर प्याब्सनसँगको सल्लाहपछि निर्णय गरौंला भन्नुभयो, ' ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!