२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीलाई छात्रवृति दिने सहमति कार्यान्वयन नगरेको भन्दै त्रिविमा नेविसंघको तालाबन्दी

२०७८, १३ माघ बिहीबार १०:२६

माघ १३, काठमाडौँ | विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यार्थी संघले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा तालाबन्दी गरेका छन् । यवस्थापन संकायका कुल विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई शत प्रतिशत छात्रवृति प्रदान गर्न यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै नेविसंघले तालाबन्दी गरेको हो ।

उनीहरुले आर्थिक अभावका कारण विद्यार्थीहरुमा गरिएको विभेद अन्त्य गर्न र महङ्गो कोर्स पढ्न नसक्ने विद्यार्थीका लागि छात्रबृति प्रदान गर्ने विषयमा संघ र त्रिविबीच २०७६ साल साउन २४ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

त्यस्तै उनीहरुले त्रिवि व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त सबै क्याम्पसको शूल्कमा एकरुपता ल्याउन माग गरेका छन् । त्यस्तै केही क्याम्पसले छात्रबृतिका नाममा २ देखि ५ लाखसम्म उठाउने गरेको भन्दै त्यस्ता क्याम्पसहरुको सम्बन्धन खारेज गरि आवश्यक कारवाही गर्न माग गरिएको नेविसंघ नेता दीपक ओझाले जानकारी दिए ।

सो क्रममा त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले विद्यार्थीहरुको मागका बारेमा आफू सकारात्मक भएको भन्दै सर्वपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताए । विद्यार्थीहरुले व्यवस्थापन संकायको भर्ना सम्बन्धी कार्यविधि पालना नगरी सिम्याटको रिजल्ट अगावै भर्ना लिने क्याम्पसहरुलाई पनि कारवाही गर्न माग गरेका छन् ।

आफूहरुको मागका विषयमा २४ घण्टाभित्र कुनै सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल