कात्तिक १८, काठमाडौँ । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । 

व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १८, काठमाडौँ । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । 

व"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेहरुको लागि आजदेखि डिजिटल नोटिस बोर्ड सेवा

१८ कार्तिक २०७३, बिहीबार १२:४९

कात्तिक १८, काठमाडौँ । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । 

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान चार मुलुक कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स(युएइ) बारे जानकारी दिने डिजिटल अडियो नोटिस बोर्ड सेवाको आज शुभारम्भ गरीयो । 

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फोन डायल गरेर सेवाको आरम्भ गर्नुभयो । ०१–४१०५०५८ नं मा डायल गरी फोन उठेपछि १ नं डायल गरे कतार, २ नं डायल गरे मलेसिया, ३ नं डायल गरे युएइ र ४ नं डायल गरे साउदीअरब बारे जानकारी पाउन सकिनेछ । 

देश रोजिसकेपछि सम्बन्धित देशको भाषा, तापक्रम, मुद्रा, उत्पादन, धर्म, कला, संस्कृति, दुर्घटनाबाट बच्ने उपाय, रोगबाट बच्ने उपायबारे जानकारी दिइन्छ । मन्त्री गुरुङले डिजिटल अडियो नोटिस बोर्ड सेवाले विदेशिने युवाहरुले समग्र जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले हाललाई चार देशको सूचना दिने व्यवस्था मिलाइएकामा क्रमशः अन्य देशको समेत थपिँदै लैजाने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता