कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाई रोजगारीको लागि युएर्इ जाँदैहुनुहुन्छ ? त्यसोभए यो पढ्नुस !

२०७३, २८ कार्तिक आईतवार ०५:४०


कात्तिक, काठमाडौँ । भ्रमण वा रोजगारीका लागि युएई जाने विदेशी नागरिकलाई विभिन्न वस्तुहरु लैजान प्रतिवन्ध गरिएको छ । कुनै पनि प्रकारको लागू औषधीको कारोवार गर्नेलाई युएईमा कडा सजाय हुनसक्ने कानूनी व्यवस्था छ । 

तर थाहा नपाएर निषेधित वस्तु लैजाँदा धेरै नेपाली थुनामा परेका छन् । प्रतिवन्ध नगरिएका वस्तु लग्दा पनि भन्सारका कर्मचारीले थाहा नपाउँदा दुःख पाउने गरेका छन् ।

युएई स्थित नेपाली दूतावासले यी बस्तुहरु लैजान प्रतिबन्ध रहेको जानकारी गराएको छ । 

१ कुनै पनि प्रकारको लागू वा नशालू औषधी वा मनोद्वीपक पदार्थ । 

२ गांजा, भाङ, धतुरो र यी वस्तु मिसाएर बनेको कुनै परिकार ।

३ पान, पराग र खैनी ।

४ नशालु वा झुम्मपार्ने वा लठ्याउने खालका एलोपेथिक वा रसायनिक औषधीहरु र   धेरै परिमाणमा अन्य औषधीहरु।

५ शिलाजित वा स्थानीय स्तरमा उत्पादित एवं प्रशोधित रङ वा आकार प्रकारबाट के हो भनी भंसार निरीक्षकले चिन्न नसक्ने औषधीहरु ।

६ अश्लिल (नग्न तथा अर्धनग्न) तस्विर भएका किताव, पत्रपत्रिका, सिडि लगायतका वस्तुहरू र पूर्व अनुमति विना अश्लिल नभए तापनि ठूलो संख्यामा सिडि र डिभिडिहरू ।

७ युएई एक लाख दिरहाम वा सो बराबरको विदेशी मुद्रा नगदै वा चेकरड्राफ्ट साथमा लिएर आउँदा वा फर्कदा तोकिएको ढाँचाको फाराम भरी जानकारी गराउनु पर्ने ।

८ मर्चा, जांड, रक्सी, वियर तथा अन्य घरेलु मदिराजन्य उत्पादनहरु ।

९ सामानको नाम, उत्पादन गर्ने कम्पनीको नाम, संमिश्रण, उत्पादन मिति, म्याद भुक्तान हुने मिति नजनाइएको र व्यवस्थित रुपमा प्याकिङ्ग नगरिएका अन्य कुनै पनि शंकास्पद जस्तो देखिने खाद्य पदार्थहरु वा आयुर्वेदिक लगायतका औषधीहरु ।

१० आफूले नित्य रुपमा खानुपर्ने औषधी साथमा लिएर भ्रमणमा आउँदा बुझिने गरी लेखिएको डक्टरको प्रेस्क्रिप्सन अनिवार्य रुपमा साथमा ल्याउनु होला । स्रोत: उज्यालो अनलाइन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल