माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउ"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकारले आतंक फैलायो

२०७३, १ माघ शनिबार १०:०१

माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउने काम गरेको बताएका छन् ।

उनले केही गैर सरकारी संस्थाहरुले फ्रि भिसा र टिकटको कुरा गरेर मुलुकलाई अस्थिर बनाउन चाहेको उल्लेख गर्दै यस्ता गतिविधि हुन नदिन सरकारले कडाईका साथ अनुगमन गर्नुपर्नेमा पनि जोड दिए ।

‘एनजिओ र आइएनजिओको नाममा निस्केका केही संस्थाहरुले प्लेकार्ड बोकेर हिँडेको भरमा फ्रि भिसा र फ्रि टिकट लागु गर्न सकिँदैन,’ ढकालले भने, ‘उनीहरुले यो लागु गराउने उद्देश्यले गरेका होइनन् । मुलुकमा अस्थिरता बनाएर आफ्नो रोजीरोटी चलाउन यस्तो माग गरेका हुन् । यस्ताको पछि नलाग्नुहोस् ।’

काठमाडौंमा आयोजित संघको २४ औं वार्षिक साधारणलाई सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा भएका ३१ बुदे सहमति कार्यान्वयन गर्न सरकारसँग पुनः माग पनि गरेका छन् । उनले बैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकार आफैंले गरेको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

३१ बुँदे सहमतिमा सरकारले बैदेशिक रोजगारीमा जाने कामदारहरुको श्रम स्विकृति प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशसँग पहल गर्ने पनि उल्लेख गरिएको छ । अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसाय धान्न नसक्ने अवस्थामा पुग्दा समेत सरकारले वेबास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन