माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउ"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकारले आतंक फैलायो

१ माघ २०७३, शनिबार १०:०१

माघ १, काठमाडौँ । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा जाने कामदारका लागि फ्रि–भिसा र फ्रि–टिकटको नाममा सरकार आफैले आतंक फैल्याउने काम गरेको बताएका छन् ।

उनले केही गैर सरकारी संस्थाहरुले फ्रि भिसा र टिकटको कुरा गरेर मुलुकलाई अस्थिर बनाउन चाहेको उल्लेख गर्दै यस्ता गतिविधि हुन नदिन सरकारले कडाईका साथ अनुगमन गर्नुपर्नेमा पनि जोड दिए ।

‘एनजिओ र आइएनजिओको नाममा निस्केका केही संस्थाहरुले प्लेकार्ड बोकेर हिँडेको भरमा फ्रि भिसा र फ्रि टिकट लागु गर्न सकिँदैन,’ ढकालले भने, ‘उनीहरुले यो लागु गराउने उद्देश्यले गरेका होइनन् । मुलुकमा अस्थिरता बनाएर आफ्नो रोजीरोटी चलाउन यस्तो माग गरेका हुन् । यस्ताको पछि नलाग्नुहोस् ।’

काठमाडौंमा आयोजित संघको २४ औं वार्षिक साधारणलाई सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा भएका ३१ बुदे सहमति कार्यान्वयन गर्न सरकारसँग पुनः माग पनि गरेका छन् । उनले बैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकार आफैंले गरेको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

३१ बुँदे सहमतिमा सरकारले बैदेशिक रोजगारीमा जाने कामदारहरुको श्रम स्विकृति प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशसँग पहल गर्ने पनि उल्लेख गरिएको छ । अध्यक्ष ढकालले वैदेशिक रोजगार व्यवसाय धान्न नसक्ने अवस्थामा पुग्दा समेत सरकारले वेबास्ता गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह