माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको 'अबुधावी डाइलग' मा जोडदार रुपमा उठाउने भएको छ । 'अबुधावी डाइलग' "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको 'अबुधावी डाइलग' मा जोडदार रुपमा उठाउने भएको छ । 'अबुधावी डाइलग' "/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकमा नेपालीलाई कम तलब दिएको कुरा ‘अबुधावी डाइलग’मा

५ माघ २०७३, बुधबार १५:१४

माघ ५, काठमाडौँ | नेपालले समान काममा पनि नेपाली कामदारहरुलाई असमान ब्यबहार भएको बिषयलाई यो पटकको 'अबुधावी डाइलग' मा जोडदार रुपमा उठाउने भएको छ । 'अबुधावी डाइलग' कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरुको एक क्षेत्रीय सम्मेलन हो ।  

सम्मेलनमा नेपाली र अन्य बिदेशीहरु बीच तलब र सेवा सुविधामा भएको अन्तरबारे बिषयलाई उठाउने तयारी नेपालले गरेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार र मंगलबार (जनवरी २३ र २४) अबुधावी डाइलग हुँदैछ । 

अबुधावी डाइलग एसियामा कामदारको अधिकार र सुरक्षाको बिषयमा निकै शक्तिशाली भूमिका खेल्ने सम्मेलन हो । यो सम्मेलनलाई कामदार लिने र दिने राष्ट्रहरुबीच हुने सम्मेलन भएकाले निकै महत्वपूर्ण मानिदै आईएको छ ।नेपालीको ठूलो रोजगार गन्तव्यका रुपमा रहेका खाडी मुलुकहरुमा नेपालीहरुलाई अरु देशका कामदारलाई भन्दा कम सेवा सुविधा तथा तलबकम छ । यो विषयलाई यसपटक अबुधावी डाइलगमा नेपालबाट श्रम राज्य मन्त्री दिलीप खवास सहितको टोलीले जोडदार रुपमा उठाउने तय गरेको छ । डाइलगमा एकै प्रकृतिको काममा पनि नेपालीलाई कम तलब दिने गरिएको र कामदारको सहज उद्धारमा समेत कठिनाई भएको बिषयलाई जोडदार रुपमा उठाउने बताइएको छ । 

यसको अलावा कामदारको लागत खर्च घटाउने, कामदारको सुरक्षा, कामदार लिने तथा दिने काममा हुने झंजटपूर्ण प्रक्रियालाई कसरी सहज बनाउने भन्ने बिषयलाई पनि उठाइनेछ । 

संयुक्त अरब इमिरेष्ट (युइए)को राजधानी अबुधावीबाट २००८ देखि सुरु भएको ‘आबुधाबी डाइलग’ सम्मेलनमा कामदार पठाउने ११ राष्ट्र, मगाउने ७ राष्ट्र र केही राष्ट्र पर्यवेक्षकको रुपमा सहभागी हुन्छन् । सम्मेलनमा कामदार लिने राष्ट्रहरुमा युएइ, कतार, साउदी अरब, ओमन, बहराइन, कुवेत र यमन र कामदार दिने राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन् । आबुधाबीबाट सुरु भएकोले यसलाई आबुधाबी डाइलग भनिँदै आएको छ, जसको सुरुवात कामदार मगाउने राष्ट्रहरुले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह