२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा ज्यान गुमाएका चन्द्रबोलको परिवारलाई एक करोड

२०७३, ७ माघ शुक्रबार ०९:०६

माघ ७, खोटाङ । कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई ९८ लाख दश हजार २ सय २० रुपैयाँ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । राईले काम गर्ने कम्पनीबाट जिल्ला प्रशासन कार्यालयमा आएको रकम मृतककी आमा सुभद्रालाई उपलब्ध गराइएको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । 

मृतकका परिवारले पाएको उक्त रकम जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जिप्रकाले जनाएको छ । कुवेतमा दुई वर्ष बसेर घर फर्केपछि पुनः कुवेत पुगेका चन्द्रबोलको तीन महिनापछि विसं २०७१ साउन १३ गते गाडी दुर्घटनामा मृत्यु भएको उनका भाइ सन्तोषले बताए । 

छुट्टीमा घर आएका समयमा विवाह गरेर कुवेत गएका राईको तीन महिनापछि नै मृत्यु भएपछि उनकी श्रीमती दोस्रो विवाह गरेर अन्यत्र गएकी छन् । श्रीमान्को मृत्यु भएपछि कम्पनीले दिने क्षतिपूर्तिबापतको रकमका लागि कागजी प्रक्रिया मिलाइदिएर उनी अर्कैसँग विवाह गरेर गएको स्थानीयवासीले बताएका छन् ।

राईकी श्रीमती अर्कैसँग विवाह गरेर गएपछि हकवालाका रुपमा उनकी आमा सुभद्रालाई चेकमार्फत क्षतिपूर्ति रकम उपलब्ध गराइएको प्रशासनले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन