२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक अवस्था कमजोर भएका महिलालाई नक्कली कागजात बनाई विदेश पठाउने पक्राउ

२०७३, १५ माघ शनिबार ०२:५४

माघ १५, काठमाडौँ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स(युएई) लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो । 

खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ । 

सो टुर एन्ड ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन