२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको मानव संसाधन केन्द्रद्वारा पुनःप्रवेश सम्बन्धी नियम परिवर्तन

२०७४, ६ असार मंगलवार ०६:१२


असार ६, दक्षिण कोरिया । कोरियाको मानव संशोधन केन्द्रले पुनः प्रवेश सम्बन्धी नियम परिवर्तन गरेको छ । 

गत जुन ७ तारिखदेखि लागू भएको उक्त नियमानुसार इपिएस मार्फत कोरिया प्रवेश गरि एकै कम्पनीमा काम गरेका कामदारले आफ्नो  भिसा अवधी समाप्त हुनु भन्दा ९० दिन अगाडि पुनः प्रवेश सम्झौता लिन पाउने भएका छन्।

कोरियाको मानव संसाधन केन्द्र (एच आर डी) बाट प्रकाशित सूचना अनुसार ५०जना जना भन्दा कम कोरियन कामदार भएका कम्पनीमा कम्पनी परिवर्तन नगरेको कामदारले कम्पनीले चाहेमा उक्त सुबिधा लिन पाउने छन्।

यसभन्दा पहिला भिसा समाप्त हुनुभन्दा ७ दिन देखि बढीमा ३० दिन अघि मात्र पुन प्रवेश गर्ने सम्झौता प्राप्त गर्न सक्ने नियम थियो।

यो सुबिधासँगै विशेष  कारणबस आफ्नो ४ वर्ष १० महिनाको भिसा समाप्त हुनु भन्दा केही छिटो  फर्किनु पर्ने अवस्था आएमा भिसा सकिनु भन्दा ९० दिन पहिलानै पुन आउने सम्झौता गरि स्वदेश  फर्किन मिल्ने भएको छ।

कम्पनीको  कारण नभई आफ्नै कारणले कम्पनी परिवर्तन गर्नेका लागि भने यो नियम लागू नहुने समेत बताइएको छ। यदि कम्पनीको कारण परिवर्तन गरेको कामदारले पुनः प्रवेश सम्झौता लिन पछिल्लो कम्पनीमा कम्तिमा पनि १ वर्ष काम गरेको हुनुपर्ने छ।

हाल दक्षिण कोरियाले इपिएस मार्फत १७ देशका कामदार लिदै आइरहेको छ। यसरी इपिएस मार्फत आएका कामदारको भिसा अवधी ४ वर्ष १० महिना हुने गर्छ। यदि कम्पनि परिवर्तन नगरी एकै कम्पनीमा पुरा अवधि काम काम गर्ने कामदारलाई जेहेन्दार कामदारको रूपमा कम्पनीले चाहेमा पुन ४ वर्ष १० महिनाको भिसा दिने नियम छ।

यदि कामदारले आफ्नै कारणले कम्पनी परिवर्तन गरेमा कम्प्युटर बेस  सिबिटी परीक्षा पास गरि  पुनः कोरिया प्रवेश गर्न पाउछन्। हाल नेपालको लागि भने सिबिटी परीक्षा स्थगित गरेको छ । -सेतोपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण