७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाको मानव संसाधन केन्द्रद्वारा पुनःप्रवेश सम्बन्धी नियम परिवर्तन

६ असार २०७४, मंगलवार ०६:१२


असार ६, दक्षिण कोरिया । कोरियाको मानव संशोधन केन्द्रले पुनः प्रवेश सम्बन्धी नियम परिवर्तन गरेको छ । 

गत जुन ७ तारिखदेखि लागू भएको उक्त नियमानुसार इपिएस मार्फत कोरिया प्रवेश गरि एकै कम्पनीमा काम गरेका कामदारले आफ्नो  भिसा अवधी समाप्त हुनु भन्दा ९० दिन अगाडि पुनः प्रवेश सम्झौता लिन पाउने भएका छन्।

कोरियाको मानव संसाधन केन्द्र (एच आर डी) बाट प्रकाशित सूचना अनुसार ५०जना जना भन्दा कम कोरियन कामदार भएका कम्पनीमा कम्पनी परिवर्तन नगरेको कामदारले कम्पनीले चाहेमा उक्त सुबिधा लिन पाउने छन्।

यसभन्दा पहिला भिसा समाप्त हुनुभन्दा ७ दिन देखि बढीमा ३० दिन अघि मात्र पुन प्रवेश गर्ने सम्झौता प्राप्त गर्न सक्ने नियम थियो।

यो सुबिधासँगै विशेष  कारणबस आफ्नो ४ वर्ष १० महिनाको भिसा समाप्त हुनु भन्दा केही छिटो  फर्किनु पर्ने अवस्था आएमा भिसा सकिनु भन्दा ९० दिन पहिलानै पुन आउने सम्झौता गरि स्वदेश  फर्किन मिल्ने भएको छ।

कम्पनीको  कारण नभई आफ्नै कारणले कम्पनी परिवर्तन गर्नेका लागि भने यो नियम लागू नहुने समेत बताइएको छ। यदि कम्पनीको कारण परिवर्तन गरेको कामदारले पुनः प्रवेश सम्झौता लिन पछिल्लो कम्पनीमा कम्तिमा पनि १ वर्ष काम गरेको हुनुपर्ने छ।

हाल दक्षिण कोरियाले इपिएस मार्फत १७ देशका कामदार लिदै आइरहेको छ। यसरी इपिएस मार्फत आएका कामदारको भिसा अवधी ४ वर्ष १० महिना हुने गर्छ। यदि कम्पनि परिवर्तन नगरी एकै कम्पनीमा पुरा अवधि काम काम गर्ने कामदारलाई जेहेन्दार कामदारको रूपमा कम्पनीले चाहेमा पुन ४ वर्ष १० महिनाको भिसा दिने नियम छ।

यदि कामदारले आफ्नै कारणले कम्पनी परिवर्तन गरेमा कम्प्युटर बेस  सिबिटी परीक्षा पास गरि  पुनः कोरिया प्रवेश गर्न पाउछन्। हाल नेपालको लागि भने सिबिटी परीक्षा स्थगित गरेको छ । -सेतोपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या