असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी सहायता कक्ष स्थापना

२०७४, २१ असार बुधबार १२:५९


असार २१, काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । 

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले यहाँ आज एक कार्यक्रमकाबीच सहायता कक्षको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग समन्वय गर्नेगरी कक्षले काम गर्ने जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “दिनहुँ वैदेशिक रोजगारीका अनेक समस्या लिएर म कहाँ बिभिन्न व्यक्ति आइरहनुभएको छ, उहाँहरुले अब यही कक्षमा जानकारी गराए पनि माग सम्बोधन हुनेगरी व्यवस्था मिलाएका छौँ ।” कुनै समस्या परे विभाग र बोर्डमा गएर जानकारी वा उजुरी दिनु नै उपयुक्त व्यवस्था हुने तर त्यहाँ समाधान त्यहाँबाट सुनुवाइ नभए यहाँ आएर पनि निवेदन दिन सकिने मन्त्री मन्सुरले बताउनुभयो । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अत्यधिक लाभदायक बनाउन आफू प्रयत्नशील रहेको उहाँको भनाइ छ । उहाँले निःशुल्क टिकट र प्रवेशाज्ञाको विषयलाई थप प्रभावकारी र लाभदायी बनाउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “म व्यक्तिगत लाभमा चल्ने मान्छे होइन, म रहुँन्जेल विभाग र बोर्डमा पनि लाभ लिने गरी काम गर्नेलाई छोड्दैन ।” पीडितले मन्त्रालयमै आएर, फोन वा इमेलमार्फत पनि आफ्ना गुनासो वा उजुरी दर्ता गर्न सक्नेछन् । कक्षको फोन नं ०१४२११६९६, भाइबर ९८४६०३१२८१ र इमेल [email protected] रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह