८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु

१६ पुष २०८१, मंगलवार १६:५८

काठमाडौँ | वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) को रुपमा पहिलो चरणमा १ हजार नेपाली श्रमिक पठाउने प्रक्रिया अगाडि बढाएको छ । जसमा महिला ६ सय जना र पुरुष चार सय जना रहेका छन् ।

इजरायलले गत असोजमा नै गोलाप्रथाबाट इजरायल जाने श्रमिकको नाम छनोट गरेको थियो । त्यतिखेर इजरायल र हिजबुल्लाहबीचको लडाइँले थप तनाव बढेपछि सरकारले तत्कालको लागि इजरायल पठाउने प्रक्रिया स्थगित गरेको थियो ।

इजरायल र हिजबुल्लाहबीच युद्ध विराम भएपछि परराष्ट्र मन्त्रालयको सहमतिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थगित भर्ना प्रक्रियालाई अगाडि बढाएको हो ।

इजरायलको लागि योग्यता पुगेर छानिएका तीन हजार चार सय ६१ जनाको सूचीबाट लक्की ड्रको आधारमा दुई हजार एक सय १२ जना छानिएका थिए । त्यसमध्ये पहिलो चरणमा एक हजार जनालाई पठाउने प्रक्रिया अगाडि बढाएको हो । उनीहरूलाई इजरायलद्वारा छानिएका चार वटा स्वास्थ्य केन्द्रमा पुस १७ देखि २३ गतेसम्म स्वास्थ्य परीक्षण गर्ने समय तोकिदिएको छ । इजरायलले मेडिकल परीक्षणको लागि नेपाल मेडिसिटी अस्पताल, स्टार अस्पताल, हेम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र क्रिस्टल डायग्नोष्टिक प्रालिलाई छनोट गरेको छ ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन । विभागका इजरायल शाखाका सर्म्पक अधिकृत धनञ्जय झाका अनुसार पहिलो लटमा १ हजार जना पठाइएपछि दोस्रो लटमा बाँकी लगिने छ । सरकारले इजरायलको योग्यता पुगेर सूचीकृत भएका सबै श्रमिकलाई आवश्यकताअनुसार लैजानुपर्ने प्रस्ताव राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी