काठमाडौँ | लिथुआनिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-८ बस्ने ३६ वर्षीय समय गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
गौतमले लिथुआनिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।