२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशमा श्रीमानले कमाएको १ करोड दश लाख लिएर श्रीमती अर्कैसंग टाप कसेपछि…

२०७४, ३० असार शुक्रबार ०३:०४


उर्लाबारी । दुई छोरी र एक छोराकी आमा श्रीमानले कमाएको साह्रा सम्पत्ति लिएर भाग्दा कस्तो होला ? श्रीमान विदेश भएको मौका छोपी दुई वर्षको काखे छोरा अनि ५ र १० वर्षकी छोरीहरुलाई छाडेर भाग्दा के होला ? नानीहरुको अवस्था कस्तो हुदो हो ? नियमति फोन सम्पर्क हुदाहुदै पनि ३९ महिनापछि स्वदेश फर्कदा सहरावीहिन नानीहरु देख्दा ती अभागी बाबूलाई कस्तो भयो होला ? भोग्नेलाई नै थाहा हुन्छ ! मोरंग टाँडी–२का जितेनहाङ लिम्बू(नाम परिवर्तन) लाइ भयो यस्तै । ३९ महिनापछि मकाउबाट स्वदेश फर्कदा आप्mनो सहारा विहिन नानीहरुसँग भेट्दा उनी भक्कानिए ।

विदेशीहरुको गुलामी गरेर कमाएको पैसा उनकी श्रीमतीले लिएर भागिन् । मकाउ र इराकमा गरी साढे ६ वर्ष काम गरेर आर्जेको सम्पत्ति लिई तीन छोराछोरीलाई छाडेर भाग्दा ती निर्दयीलाई के भन्ने लिम्बूले सोच्नै सकिरहेका छैनन । न्यायको खोजीमा उनी भौतारिदै बीहिबार इलाका प्रहरी कार्यालय पुगे । कार्यालय परिसरमा उनले ‘श्रीमती हराएको’ विषयमा निवदेन दर्ता गराउदै आप्mनो विगतका दिनहरु सुनाउन थाले ।

२०५९ सालमा जितेनहाङले मोरंङ टाँडी–२का विरबहादुर माखिमकी एलिना भनेर चिनिने रुपमाया लिम्बूसँग विवाह बन्धनमा बाँधिएका थिए । सशस्त्र प्रहरीका जवान उनी विवाह भएको चार वर्षपछि जागिर छाडी कमाउनका लागि भनेर इराका हानिए । मुलुकमा २०६३सालमा गणतन्त्र आउदै उनी आप्mनो सुनौलो भविष्य बनाउनका लागि भनी दुई वर्षकी छोरी र श्रीमतीलाई छाडेर इराका गएका थिए । जोखिमपूर्ण काम गर्दा इराकमा लिम्बूले मासिक दुई लाख १७ हजार पाउथे ।

४१ महिनासम्म इराकमा रहदा उनले पटकपटक गरी श्रीमतीलाई करिब ५० लाख रुपैँया पठाएका थिए । श्रीमानले पठाएको रकमबाट रुपमायाले नि उर्लाबारी–२ स्कूलडाँडामा १६ धूर जमिन र टाँडी–२ स्थित चोक्टे भन्ने ठाँउमा घर सहित ८ रोपनी जमिन खरिद गरेकी थिइन् । घर घडेरी सबै श्रीमतीको नाममा थिए । २०६५ सालमा जितेनहाङ स्वदेश फर्के । २०७० सालसम्म स्वदेशमा रहँदा लिम्बू दम्पत्तिका अन्य दुई सन्तान जन्मिए । सुखमयले उनीहरुको जीवन व्यतित भइरहेको थियो ।

२०७० सालमा जितेनहाङको मकाउका लागि भिसा लागेपछि पुनःविदेशीए । ३९ महिनासम्म मकाउ बसिकेपछि उनी गत असोज २२ फर्कदा भयभित बने । मकाउमा रहदा श्रीमतीलाई पठाएको १६ लाखको के कुरा, उनले आफनो घर र घडेरी नै बेचिएको थाहा पाए । छोराछोरीको कान्ति विजोग देखे । घरमा श्रीमती थिइनन् । डेढ वर्ष अघि नै(२०७२ साल वैशाख) श्रीमती भागेको थाहा भए । छोराछोरीको अवस्था देखेर उनले आफनो आँशु थाम्न सकेनन् ।

घर र जग्गा गरी श्रीमतीले ७६ लाख बेची भागेको थाहा पाए । श्रीमतीले एक करोड १० लाख बराबरको सम्पत्ति लिएर भागेको पीडित लिम्बू बताए । टाउकमो ठूलो भज्रपात परेको बताउदै उनले भावुक हुदै भने–‘मलाई जोगी नै बनाएर भागिछे । कमसेकम छोराछोरीको त माया हुन्छ नि ! ’‘घर घडेरी र नगद के कुरा, निष्ठूरीले मेरी बहिनीको दुईतोला सुन र घरको ६ तोला सुन समेत लिएर भागिछे’लिम्बूले भने–‘भाडामा बस्ने नै बनाइ । ’ हाल जितेनहाङ उर्लाबारी–१मा एक घर भाडामा लिई छोराछोरीका साथ बसेका छन् ।

प्रहरी कार्यालय परिसरमा लिम्बूले आफनो विगत सुनाइरहदा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक समेत भावुक देखिन्थे । भने–‘कानूनी अड्चनहरु धेरै नै छन् । पुरुष हिंसा देखीएपनि नेपालको कानूनमा यो सम्बन्धि कानून नै निर्माण भएको छैन । मानिस हराएको निवदेनको आधारमा श्रीमतीको खाजी गर्न मात्र सक्छौँ ।’

श्रमीतको खोजी गर्नका लागि जितेनहाङले ससुरालीकहाँ जादा समेत उल्टै हप्कादप्की खानुपरेको गुनासो गरे । आप्mना व्यथाहरु सुनाउदै श्रीमतीको खोजी गर्न आग्रह गर्दै उनले आफूलाई न्याय दिलाइदिन कानूनका ज्ञाताहरुसँग आग्रह समेत गरेका छन् । आफ्नो साहारका कोही नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह