असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर"/>

२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन, को होला भावी अध्यक्ष ?

२०७४, ३० असार शुक्रबार ०४:१७


असार ३०, काठमाडौँ | आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारणसभा तथा निर्वाचन हुँदैछ । काठमाडौंमा हुने साधारसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमितीको चयन गर्नेछ । 

संघको साधारणसभाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउबाले गर्ने कार्यक्रम रहेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी दुई वर्षे कार्यकालका लागि दुई अध्यक्ष पदाधिकारीका १२ र कार्य समिति सदस्यका लागि २० सहित ३४ जना व्यवसायीको उम्मेदवारी परेको छ । 

कसले मार्ला बाजी ? 

नेपाल बै.रो.संघको नेत्तृत्वका लागि वर्तमान अध्यक्ष बिमल ढकाल र महासचिव रोहन गुरुङ्गबीचनै प्रतिस्पर्धा छ । म्यानपावर व्यावसायीहरुले वर्तमान अध्यक्ष बिमल ढकाललाई नै रोज्छन वा नयाँ नेतृत्व छान्छन् हेर्न बाँकी छ । त्यसमा पनि राजनीतिक बिषयलाई जोड्न पनि सकिन्छ । संघका वर्तमान अध्यक्ष विमल ढकाल लोकतान्त्रिक पक्षधर हुन् भने गुरुङ्ग एमाले निकट हुन् । गुरुङ्गलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र माओवादी केन्द्र निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चसहित छ वटा संस्था/समुहको गठबन्धनबाट बनेको प्यानलको तर्फबाट समर्थन छ । ढकाल नयाँ बानेश्वरस्थित खगोल ओभरसिज प्रालि. र गुरुङ बसुन्धरास्थित टप जब्स प्रालिका सञ्चालक हुन् ।

संघको निर्वाचनमा संघका पूर्वअध्यक्ष तिलक रानाभाट निर्वाचन अधिकृत तोकिएको छ ।

ढकाल पक्षमा को-को छन् उम्मेदवार ?

प्रतिस्पर्धामा ढकाल प्यानल अन्तर्गत प्रथम उपाध्यक्षमा एमिटी ग्लोबल प्रालिका प्रज्ञान न्यौपाने, द्वितीय उपाध्यक्षमा गुरुङ म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक भुवन सिं गुरुङ, तृतीय उपाध्यक्षमा शान नेपाल प्रालिका सञ्चालक नवल किशोर यादव उम्मेदवार बनेका छन् । त्यस्तै महासचिवमा एलायन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजित श्रेष्ठ सचिवमा एम.बी.के. ओभरसिज प्रालिका सञ्चालक विनोदजंग केसी र कोषाध्यक्षमा नेबिल ओभरसिज प्रालिकी सञ्चालिका राधिका कटुवालको उम्मेदवारी छ । ढकाल समूहमा यो पटक किरण किशोर घिमिरे पनि छन् । यस अघि उनि छुट्टै स्वतन्त्र प्यानल खडा गरि निर्वाचनमा लडेका थिए । अहिले उनले ढकाल पक्षको निर्वाचन प्रचार–प्रसार मूल समितिका संयोजक पद सम्हालेका छन् । त्यस्तै ढकाल समूह अन्तर्गत कार्यसमिति सदस्यहरुमा पर्फेक्ट रिक्रुटमेन्ट प्रालिका सञ्चालक भोजराज भुसाल, निलकमल ह्युमन रिसोर्स प्रा.लि.का सञ्चालक मेघनाथ भुर्तेल, एम एन इन्टरनेशन प्रालिका सञ्चालक कुमारबाबु श्रेष्ठ, अलजाफर इन्टरनेशनल प्रा.लि.का सञ्चालक मोहम्मद जबरुद्दिन मियाँ (मुन्ना), अलनासिर ओभरसिजका प्रालिका सञ्चालक दिनेश राय, सागर रिक्रुटमेन्ट प्रालिका सञ्चालक गुणेन्द्रप्रदास अम्मै (जीपी), सिएसटी सिजन प्रालिकी सञ्चालिका इन्दिरा गुरुङ, जिआर इन्टरनेशनल प्रालि सञ्चालक कृष्णबहादुर जैसी, फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालिका सञ्चालक सुरज केसी र मुनाल ओभरसिज प्रालिका सञ्चालक सर्वधन तामाङ्गको उम्मेदवारी परेको छ ।

गुरुङ्ग पक्षमा को-को छन् उम्मेदवार ?

रोहन गुरुङ प्यानलबाट प्रथम उपाध्यक्षमा रोज ओभरसिज प्रालिका रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा मदिना इन्टरनेशनल सर्भिस प्रालिकी सञ्चालिका सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा यूनाइटेड इन्टरनेशनल म्यानपावर प्रालिका सञ्चालक शुक्र पाख्रिन, महासचिवमा एच आर इन्टरनेशनल प्रा.लि.तत्कालीन एससीएम म्यानपावरका सञ्चालक नरेश गेलाल, सचिवमा अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.का सञ्चालक ईश्वर जिसी, कोषाध्यक्षमा पाजु इन्टरनेशनल प्रालिका सञ्चालक रमिला ताम्राकार रोकाय मगर उम्मेदवार छन् । त्यस्तै सदस्यहरुमा तुलसी ओभरसिजका प्रालिका सञ्चालक प्रेम बिक., के बि ईन्टरनेशनल इप्लाइमेन्ट प्रालिका सञ्चालिका तेजुमाया लिम्बु, माउन्ट कन्चन इन्टरनेशनल प्रालिका सञ्चालक सुरेश गौतम, भिक्टोरी कस्मिक ओभरसिज प्रालिका सञ्चालक सन्जु गुरुङ्ग, सजिमा ईन्टरनेशन प्रालिका सञ्चालिका सबिना श्रेष्ठ, रेज रिक्रुटमेन्ट प्रालिका सञ्चालक तिलकबहादुर तामाङ्ग, मिथिला मेनपावर सर्भिस प्रालिका सञ्चालक बबनकुमार सिंह, आकृति रिक्रुटिङ प्रालिका सञ्चालक कुँन्छा दोर्जे डिमदोङ, डिसेन्ट इम्प्लाइमेन्ट प्रालिका सञ्चालक परमेश्वर अधिकारी र नेपाल इन्टरनेशनल इम्प्लाइमेन्ट सर्भिस प्रालिका सञ्चालक प्रितमबहादुर मगरको उम्मेदवारी छ ।

माथिको तश्विरमा: अध्यक्षका प्रत्यासीहरु बिमल ढकाल (दायाँ), रोहन गुरुङ्ग (बायाँ) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण