असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको ने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको ने"/>

२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदारको अबस्था बुझ्न युएइ आएको सरकारी टोलि भत्ता पचाएर रित्तो हात फर्कियो

२०७४, ३० असार शुक्रबार ०८:५९

असार ३०, युएई । युएईमा कार्यरत नेपाली कामदारको अबस्थाबारे स्थलगत अध्ययन गर्न आएको सरकारी टोली बिना अध्ययन नेपाल फर्किएको छ । 

उपसचिब निर्मला थापाको नेतृत्वमा श्रम तथा रोजगार मन्त्रालय र बैदेशिक रोजगार प्रर्बन्धन बोर्डका ५ जनाको सरकारी टोली नेपाली कामदारको अबस्थाबारे अध्ययन गर्न गतहप्ता युएई आएको थियो ।

अध्ययनको क्रममा खाडी मुलक अन्तरर्गत युएईमा रहेका नेपाली कामदारहरूको अबस्था, उनीहरूको सम्झौता अनुसारको तलब भत्ता, कामको प्रकृति, काम गर्ने समय, बसोबास, खानपिन बिबिध अबस्थाबारे जानकारी लिने उद्देश्य रहेको थियो ।

कामदारहरूको हकहित एवं बैदेशिक रोजगारीलाई मर्यादित र ब्यवस्थित गर्नका लागि नीति नियम बनाउन सुझाब संकलन गर्ने भनिएपनि यस बिषयमा टोली सफल हुन सकेन । टोलीले फिल्डमा गएर अध्ययन नगरेको र बजेट सक्ने काम मात्र गरेको भन्दै सर्बत्र आलोचना गरिएको छ । टोलीले युएईमा रहेका कोही पनि कामदार तथा पीडित नेपालीहरुसँग भेटघाट नगरी फर्केको छ । श्रोतका अनुसार उक्त टोलीले नेपाली राजदुताबासलाई पुर्ब जानकारी समेत गरेको थिएन । भ्रमणको अबधि एक साता लामो भए पनि टोलीले युएईमा रहेका कामदारहरुको अबस्था बारेमा अध्ययन गर्न त्यति चासो समेत नदेखाएको श्रोतको दाबी छ ।

प्रबर्दन बोर्ड र श्रम मन्त्रालयबाट आएको उक्त टोली युएईमा भ्रमण अबधिभर सरकारी सवारी साधनको प्रयोग नगरिएको खुल्न आएको छ । राजदुताबासको आफ्नै सवारी साधन भएपनि दुताबासले अबुधाबीमा रहेका एक ब्यवसायीको सवारी साधन प्रयोग गरी भम्रण गराईएको थियो । जानकारहरुका अनुसार सरकारी टोलीले कामदारहरुको अवस्था भन्दा पनि युएईको बिभिन्न शहरहरुमा घुमफीर गरेको थियो । झापाका लेकेन्द्र बस्नेत भन्छन, ‘भ्रमण टोली आए, दुबई हेरेर फर्के ।’

युएईमा रहेका अधिकाशं नेपाली कामदारहरूको सामाजिक संजालमा अहिले यही बिषयमा चर्चा छ । नेपाली काँग्रेस निकट जनसम्पर्क समितीका निबर्तमान सभापति चित्र केसी, माओबादी केन्द्र निकट जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेल, एमाले निकट प्रबासी नेपाली मंचका श्याम कंडेल,नयाँ शक्ति नेपाल निकट अन्तराष्ट्रिय नेपालि समाज युएईका संयोजक उत्तम अधिकारी, पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, जनजाती महासघ युएईका अध्यक्ष डेरराज गुरूङ् लगायत युएईका सँघसंस्थाका प्रतिनिधिहरुले सामाजिक संजाल मार्फत टोलीको आलोचना गरेका छन् ।

नेपाली कामदारहरूको समस्या बुझ्न केहि महिना अघि मात्र सभासद् प्रभु शाहको नेतृत्वमा एक टोलि युएई आएको थियो ।त्यसैगरि बैदेशिक रोजगार प्रर्बधन बोर्डका कार्यकारी निर्देशक रधुराज काफ्लेले पनि युएई भ्रमण गरेका थिए । पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) युएई भ्रमण आएका बेला नेपालीहरुले प्रत्यक्ष भेंटी गुनासो गरेका थिए । साथै युएईमा रहेको समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

राजदुताबास आबुधावीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार युएईमा २ लाख ६ हजार नेपाली कामदारहरू कार्यरत छन् । बर्षेनी अध्ययन भ्रमण भन्दै लाखौं रुपैंयाँ खर्च गरेर सरकारी टोली पटक पटक युएई आउने गरे पनि उपलब्धि भने शुन्य छ । -रातोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण