८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण कोरियामा कामदारको तलब ह्वातै बढ्यो

१ श्रावण २०७४, आईतवार ०३:३३


अर्जुन बराल/साउन १, दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले सन् २०१८ का लागि न्युनतम ज्याला निर्धारण समितिका २७ सदस्यका बिच ११ औ बैठकमा मतदान मार्र्फत साबिक ज्याला ६,४७० वोनको १६.४ प्रतिशत अर्थात ७,५३० वन प्रतिघण्टाका दरले जनवरीबाट लागु हुनेगरि बृद्धि गरेको छ ।

कोरियामा मजदुर पक्षले सरकारसँग न्युनतम ज्यालाका बिषयमा १०,००० वन माग गरि बैठकमा दबाद दिनु र कम्पनि ब्यबस्थापनले मजदुरको माग बमोजिम ज्याला बढाउँन नसकिने भनाईका बिच १० औ बैठक सकिएको भएतापनि सन् २०१८ को ज्याला बृद्धि सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने भएकोले मजदुर पक्ष,कम्पनि ब्यबस्थापन पक्ष र सरकारका प्रतिनिधि सहित २७ सदस्यका बिच आपसि छलफल र बहुमतका आधारमा नयाँ ज्यालादर बढाईएको कोरियन समाचारले जनाएको छ ।

आज तोकिएको तलब अनुसार अब मजदुरले प्रतिमहिना २०९ घण्टा सहित १५,७३,७७० वोन(४ १३८७.७६) मासिक अतिरित्त काम बाहेक प्राप्त गर्दछन् भने कृर्र्षि तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने छ ।

यसै गरि राष्ट्रपति मुन जे ईन ले आफनो राष्ट्रपतिको पाँच बर्षे कार्यकाल सन् २०२२ सम्ममा मजदुरको प्रतिघण्टा ज्यालालाई १०,००० वोन अर्थात ४८.८१ पुरयाउने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता