२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

म्यानपावर व्यवसायीलाई श्रममन्त्री र महानिर्देशकले एकै मंचबाट भने – ‘एजेन्ट हटाउनुस्’

९ माघ २०८१, बुधबार ०८:०४

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा बिचौलियाहरुले ठूलो समस्या खडा गरिरहेको भन्दै बिचौलिया हटाएर पारदर्शी ढंगले नैतिक भर्ना प्रक्रियामा कामदार वैदेशिक रोजगारमा पठाउन श्रममन्त्री र वैदेशिक रोजगार बिभागका महानिर्देशकले वैदेशिक रोजगार व्यवसायीहरुलाई ध्यानाकर्षण गराएका छन् । वैदेशिक रोजगार बोर्डको आयोजनामा मंगलबारबाट काठमाडौँमा सुरु भएको दुईदिने कानुनी-नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठीमा यस्तो ध्यानाकर्षण गराइएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिए । मन्त्री भण्डारीले वैदेशिक रोजगार व्यवसायप्रति आम नागरिकको विश्वास बढ्ने गरी काम गर्न म्यानपावर व्यवसायीहरुलाई सुझाव दिए । उद्घाटन सत्रको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले म्यानपावरहरुले संस्थागत रुपमा पाएको जिम्मेवारी अनुसार सेवा प्रवाह गर्दा पारदर्शी हुनुपर्ने सुझाव दिए । मन्त्रालयले सरकारले लागू गरेको फ्री भिसा, फ्री टिकटको निर्णय कार्यान्वयनमा समस्या देखिएको भन्दै उक्त निर्णयमा परिवर्तन आवश्यक रहेको बताए । मन्त्री भण्डारीले फ्री भिसा, फ्री टिकटको निर्णय पुनरावलोकनका विषयमा असहमति जनाएका ट्रेड युनियनदेखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले प्रस्ट धारणा राख्नुपर्ने बेला आएको बताए ।

मन्त्री भण्डारीले वैदेशिक रोजगारको क्रममा अकालमा नेपाली कामदारहरुको मृत्यु भएको भन्दै श्रम मन्त्रालयले आगामी दिनमा त्यस्तो मृत्युलाई घटाउन लागि परेको बताए । उनले भने ‘वैदेशिक रोजगारीमा १६ वर्षमा १४ हजार नेपाली श्रमिकको मृत्यु भइसकेको छ । अहिले पनि खाडी मुलुकबाट आएका ४० प्रतिशत श्रमिक डायलासिस गर्दैछन्, धेरै मिर्गौलाका बिरामी छन् । श्रमिकलाई बचाउने हिसाबले सरकार अघि बढेका छौँ ।’ मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरुलाई बिना धितो ऋण उपलब्ध गराउन कार्यविधि तयार गरिरहेको जानकारी दिए ।

मन्त्री भण्डारीले व्यवसायी र श्रमिकबीचमा विचौलियाहरुको हालीमुहाली भएको भन्दै त्यसलाई हटाउनपर्ने सम्बन्धमा व्यवसायीहरुलाई ध्यानाकर्षण गराए । मन्त्री भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बाट अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउने काम भइरहेकोप्रति आफ्नो ध्यानार्कषण भएको बताए । यसअघि मन्त्री भण्डारीले रेमिट्यान्सले देश धानिएको भन्दै रेमीट्यास सरकारको नभई व्यक्तिको आम्दानी भएको भन्दै रेमीट्यास ल्याउने नागरिकप्रति सरकार जिम्मेवार रहनुपर्ने बताए ।

उक्त कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले श्रमिकलाई झुठो आश्वासन नबाँड्न व्यवसायीलाई सचेत गराए । ‘झुठा वाचा नगर्नुहोस्’, महानिर्देशक खत्रीले भने, ‘श्रमिकले आफ्नो सम्झौताअनुसारको काम र पारिश्रमिक पाइरहेका छैनन् । श्रमिकसँगै स्वयम् व्यवसायीको हित र सम्मान बढ्ने गरि काम गर्नुहोस् ।’ कार्यक्रममा बोल्दै खत्रीले कानुनी र सामाजिक उत्तरदायित्वलाई बहन गरेर व्यवसायीहरुले व्यवसाय गर्नुपर्ने धारणा राखेका छन् । उनले वैदेशिक रोजगारमा पठाउन कानुनी रुपमा इजाजत मुख्य कुरा भएको भन्दै कन्सल्टेन्सीहरु मार्फत भईरहेको बेथितिमाथि ध्यानाकर्षण भएको बताए । महानिर्देशक खत्रीले व्यवसायीहरुले विदेश पठाउँदा आफ्नो छोराछोरीलाई नै पठाएको जस्तै सोचेर व्यवसाय गर्नुपर्ने धारणा राखे । उनले भने ‘यसो गर्दा व्यवसायिक सम्मान बढ्छ । विदेश जाने कामदार र सरकारी निकायसंगको सम्बन्ध पनि बढ्छ ।’ खत्रीले एजेन्टहरुको कारण वैदेशिक रोजगार व्यवसायको सामजिक उत्तरदायित्वमा निकै ठूलो समस्या आएको बताए । उनले समस्या आएपछी आफूले पुरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने ध्यानाकर्षण गराए । उनले भने ‘व्यवसायी मर्यादित हुनुपर्छ । पारदर्शि प्रक्रिया बनाउनुस । कामदार पठाउने क्रममा सुटूक्क एजेन्ट मार्फत काम नगर्नुस् । झूटा प्रलोभन नदिनुस् ।’ महानिर्देशक खत्रीले एजेन्टहरु मार्फत वैदेशिक रोजगारमा जाने कामदारहरुलाई झूटा प्रचार भईरहेको कारण वैदेशिक रोजगार क्षेत्र थप बदनाम भईरहेको बताए ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार क्षेत्रको अहिलेको समस्याग्रस्त अवस्थालाई समाधान गर्नु आवश्यक रहेको भन्दै संस्थागत भन्दा व्यक्ति र कन्सल्टेन्सीहरु यो क्षेत्रमा हावी भईरहेको विषयलाई ध्यानार्षण गराए । अध्यक्ष भण्डारीले वैदेशिक रोजगार व्यवसायीको इजाजतपत्र नवीकरण गर्न बार्षिक सय संख्याको बाध्यता हटाउन आग्रह गरे । भण्डारीले बाध्यात्मक अवस्थाको कारण जस्तो पनि डिमाण्डमा व्यवसायीले काम गर्न बाध्य भएको बताए । भण्डारीले वैदेशिक रोजगार क्षेत्रको व्यवस्थापन उचित ढंगले नभएको भन्दै अस्थिरता, लागत खर्च निर्धारण, मागपत्र प्रमाणीकरण र व्यवसाय सन्चालनमा भएका अन्य प्रतिकुल समस्याहरु तत्काल हटाउन आग्रह गरे ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले यस गोष्ठीमा सरकार र व्यवसायीबीचको घनिभूत छलफलबाट निष्कर्षमा पुगिने बताए । मंगलबार सुरु भएको गोष्ठी आज बुधबार पनि चल्नेछ । गोष्ठीमा वैदेशिक रोजगार व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान