४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विभिन्न देशहरुमा पठाइदिने भनी १ करोड २४ लाख रुपैयाँ ठग्ने व्यक्तिहरू पक्राउ

१५ माघ २०८१, मंगलवार १०:१३

काठमाडौँ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्क बिहिन बनेर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यानका सुनिल दसौदी, काभ्रेका बिकाश दवाडी, गोरखाका सुरेन्द्र बिक र काठमाडौँका बिशाख्रा पौडेल रहेका छन् ।

उनीहरूले लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्क विहीन भएको पीडितहरूले जाहेरी दरखास्त दिएका थिए । पक्राउ परेकाहरुमध्ये तीन जनालाई प्रहरीले काठमाडौँको बिभिन्न स्थानबाट पक्राउ गरि अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार बिभागमा पठाएको छ भने सुरेन्द्र बिकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

प्रहरीका अनुसार २४ बर्षीय सुनिल दसौदीले सर्विया मुलुक पठाईदिने भन्दै २२ लाख ३८ हजार ठगि गरेको पाइएको छ । त्यस्तै ३१ बर्षीय विकास दवाडीले जापान रोजगारमा पठाईदिने भन्दै दुई जना पीडितसंग ३ लाख अशुलेको पाइएको छ । त्यस्तै गोरखाका सुरेन्द्र बिकले अमेरिका रोजगारमा पठाईदिने भन्दै एकै पीडितबाट ९७ लाख ५४ हजार रकम ठगि गरेको पाइएको छ । त्यस्तै ठगि कार्यमा संलग्न २४ बर्षिया विशाख्रा पौडेलले कुवेत रोजगारको लागि भन्दै १ लाख ६० हजार अशुलेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ