सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

९ माघ २०८२, बिहीबार
काठमाडौँ - KTM

पासपोर्टमा नक्कली श्रम ! अध्यागमनमा दलालको मिलोमतो, युएइमा २० नेपाली अलपत्र

५ श्रावण २०७४, बिहीबार १२:२०

सुसान आचार्य /युएइ | वैदेशिक रोजगारीका लागि काठमाडौको ठमेल स्थित अर्थ लाइन ट्राभल्सबाट युएइ आएका एक नेपालीलाई नक्कली भिसामा श्रम स्वीकृति दिइएको रहस्य खुलेको छ । 

मकवानपुर स्थाइ ठेगान भएका अरुण नेगीको पासपोर्टमा युएईस्थित ट्रान्सगार्ड सेक्युरिटी कम्पनीको नाम लेखी १६ सय ५१ दिराम तलब उल्लेख गरी श्रमको नक्कली स्टिकर समेत टाँसिएको नेपाली दूतावास युएइले छानबिन गर्दा बताएको छ ।

राम्रो काम र राम्रो तलब सुबिधा हुने आश्वासन देखाइ अर्थ लाइन ट्राभल्सले नेगि सङ २ लाख ७० हजार रुपैयाँ लियर श्रमको नक्कली स्टिकर टासी युएइ पठाएको भएपनि अध्यागमनले चेकजाँच नै नगरी छोडेपछी प्रसासनको समेत मिलोमतो रहेको खुल्न आएको छ । 

सामन्य पढ्लेख गरेका नेगिले आफुलाई ट्राभल्सले झुक्याएर पठाएको बताएका छन् भने यता युएइ स्थित नेपाली दूतावासले नेगिको पासपोर्टमा टासिंएको श्रमको स्टिकर छाप र हस्ताक्षर समेत नक्कली रहेको भनी यसमा अध्यागमन भित्रका कर्मचारीको समेत मिलोमतो भएको बताएका छन ।

भिजिट भिषाको बहानामा मानव तस्करको काम गर्दै आएको ट्राभल्सले विभिन्न समयमा युएई ल्याइ युएइको मुसफा ३२ स्थित एक घरमा अलपत्र पारेका ४० नेपाली मध्य २० जना नेपालीले युएइ स्थित दूतावासमा आफुहरु पीडित भएको निवेदन दिएपश्चात् छानबिन गर्दा नेपालबाट नै सेटिङमा युएइ पठाएको खुल्न आएको हो ।

यता घटना बाहिर आएसङ्गै पीडित नेपालीलाई दिनौजसो कुटपिट गर्न तथा ज्यान मार्न धम्की दिने ट्राभल्सका युएइ एजेन्ट साजन भनिने प्रेम पान्डेले दूतावासका कर्मचारी र प्रशासनसँग नै आफ्नो मिलोमतो भएको उल्लेख गर्दै दूतावासका केहि कर्मचारीसँग सधै जसो फोन सम्पर्क गर्ने गरेको पीडितले बताएका छन ।

यस्तै अलपत्र परेका २० जनामध्य पाँच जना अबैधानिक बनिसकेको र युएइको अध्यागमनलाई बुझाउनुपर्ने जरिवाना रकम समेत झन्डै नेपाली २ लाख ५० हजार सम्म पुगेको हुँदा एजेन्टले जरिवानानै नतिरी पीडितलाई युएइ ब्यन्ड नै गरेर पठाउने तयारी गरेको पीडितको भनाइ रहेको छ ।

दूतावासमा निवेदन हालेको दुई हप्ता पुग्दा समेत दूतावासले कुनै चासो नदिएको तथा आफुले कारबाही गर्न नसक्ने बताएपछी यतिखेर अलपत्र परेका २० नेपालीको युएइमा बिचल्ली भएको छ भने घटनाबारे नेपाल सरकार गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता