साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र

२०७४, १२ श्रावण बिहीबार ११:२९


साउन १२, युएई । युएईको अजमानमा १० जना नेपाली दुई महिनादेखी अलपत्र परेका छन ।

रोजगारीका लागि युएई आएका  उनीहरुलाई कम्पनीले सम्झौता अनुसार काम र तलब नदिएपछि समस्यामा परेका हुन् । अलपत्र परेका १० जना मध्ये ८ जना साकुरा नेपाल म्यानपावर मार्फत १० महिना अघि र ई जना भने लिंकस्टार म्यानपावर मार्फत दुई महिना पहिले मात्रै युएई आएका हुन् ।

अलपत्र हुनेहरुमा कोथरी २ दाङका २६ बर्षिय महेन्द्र ओली, सोही ठाउँकै २० बर्षिय अर्जुन बुढाथोकी, बाणगंगा ७ कपिलवस्तुका २२ बर्षिय पूरन गाहा, सोही ठाउँकै २३ बर्षिय गिरबहादुर खत्री, बेनी २ म्याग्दीका २२ बर्षिय भबिन्द्र थापा मगर,  कुवाकोट १४ स्याङ्जाका २० बर्षिय तुलबहादुर थापा , मकवानपुर १ हेटौंडाका २१ बर्षिय कृष्ण बैजु, रुचाङ ५ तल्लोकुवा नवलपरासीका २० बर्षिय बिष्णु दर्लामी छन् ।

त्यस्तै लिकंस्टार म्यानपावरबाट आएर आएकै समयबाट अलपत्र पर्नेमा शैल्यशिखर २ दार्चुलाका २७ बर्षिय लालमनी पार्की, माडी २ चितवनका २२ बर्षिय सन्जय मारदलिया हुनुहुन्छ । सबैबाट एक लाख २५ हजार रुपैयाँ लिएर म्यानपावरले युएई पठाएको हो ।

उनीहरुलाई युएईको वेष्टर प्लस नामको कामदार सप्लाई गर्ने कम्पनीले क्लिनरको काम र मासिक ८ सय दिर्हाम तलब र बस्न दिने भनेर ल्याएको हो । तर यहाँ आएको केही समय आबुधाबीको यासमलमा सरसफाइको काममा लगाए पनि तलब भने नेपालमा गरेको सम्झौता अनुसार नदिएको पीडितहरुको भनाइ छ । यहाँ आएपछि कम्पनीले मासिक ६ सय दिर्हाम मात्रै दिएको र दुई महिना यासमलमा काम लगाए पछि त्यहाँबाट निकालेर कन्ट्रक्सनकाे काममा लगाउन अजमान पुर्‍याएको थियो ।

त्यसरी सम्झौता बिपरित अर्कै काम र कम तलब दिएपछि उनीहरुले काम नगर्ने बताएका थिए । काम गर्दैनौ हामीलाई नेपाल पठाईदिनु भनेर कम्पनीमा भन्दा प्रतिव्यक्ति १२ हजार दिर्हाम तिरे मात्रै नेपाल पठाउन सक्ने कम्पनीले भनेको थियो । 'कम्पनीमा आउँदा पनि एक लाख २५ हजार तिरें, नेपाल फर्किदा पनि उस्तै' पीडित दाङका महेन्द्र ओलीले भन्नुभयो 'आउँदा खोजेको ऋण त तिर्न सकेका छैनौं कहाँ खोजेर तिर्ने १२ हजार दिर्हाम ।'

त्यस कम्पनीमा अन्य देशका कामदार पनि समस्यामा परेका थिए । समस्यामा परेका अन्यले लेबर कोर्टमा उजुरी गरेका थिए । तर लामो समय बितिसक्दा पनि न्याय नपाएको पीडितहरुको गुनासो छ ।

अजमानको लेडी पार्क नजिकै अलमाया सुपरमार्केटको पछाडी १६ नम्बर स्ट्रिटमा अन्य देशका नागरिक समेत गरेर १५ जना एउटै कोठामा बसेका छन् । 'कोठामा एसी, फ्यान केही छैन ५० डिग्री गर्मी छ कुहिएर मरिन्छ होला, ' उकुमुकुस कोठामा गुम्सिएर रात बिताउनु परेको पीडितहरुको भनाइ छ । कम्पनीबाट युएईमै रहेका म्यानपावरका प्रतिनिधी नारायण लम्साल र सुनिल पंगेनीले भिसा लगेका हुन । 

अहिले नेपालको म्यानपावरलाई सम्पर्क गर्दा यही भएका एजेन्टलाई सम्पर्क गर्न भनेको तर ११ महिना लागि सक्दा पनि एजेन्ट नआएको उनीहरुले बताए ।

पीडितहरुले छिट्टो नेपाल पठाइदिन अनुरोध गर्दै नेपाली दूतावासमा टेलिफोन गरेर समस्या बारे जानकारी गराएका छन् । सोसियल क्लबका सालिक सुवेदी तथा मेघराज सापकोटामार्फत उनीहरुले दूतावासकी श्रम सहचारी हिराकुमारी यादवसँग फोन सम्पर्क गर्र समस्या राखेका थिए । म्यानपावरका प्रतिनिधीले दूतावास किन धाएको भन्दै आफूहरुलाई धम्क्याउने गरेको पीडितहरुको भनाइ छ ।

अहिले खान र बस्नलाई समेत समस्या छ । 'खजुर र पानी खाएर दिन बिताइरहेका छौं,  हामीलाई नेपाल पठाउन सहयोग गरिदिनुपर्‍यो, ' उनीहरुले भने ।  म्यानपावर र कम्पनीसँग समन्वय गरेर सक्दो छिट्टो समस्या समाधान गरिने दूतावासले जनाएको छ । -उमाकान्त पाण्डे/उज्यालोबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह