९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशिने कामदारले सरकारलाई तिर्ने शुल्क बढ्यो

१६ श्रावण २०७४, सोमबार १०:५६


साउन १६, काठमाडौं । सरकारले सोमबारबाट विदेशिने कामदारसँग लिने कल्याणकारी शुल्कमा वृद्धि गरेको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषका लागि लिइने शुल्कमा ५ सयदेखि १५ सय रुपैयाँसम्म वृद्धि गरिएको हो । यसले कामदारले यसअघि भन्दा अढाई गुणासम्म बढी शुल्क तिर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले आज सोमबारबाट लागू हुने गरी ३ वर्षसम्मका लागि श्रम स्वीकृति लिएर विदेशिने कामदारसँग अब १५ सय रुपैयाँ शुल्क लिने भएको छ । त्यसैगरी ३ वर्षभन्दा बढी समयका लागि जानेले २५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

यसअघि सबै किसिमका श्रम स्वीकृति लिनेका लगि १ हजार मात्रै शुल्क थियो । अब खाडी राष्ट्र जानेले सरकारलाई १५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ भने कोरिया, जापान, इजरायल, अमेरिका लगायत युरोपेली देशका वर्किङ भिसामा ३ वर्षभन्दा बढी अवधिका लागि जाँदा २५ सय रुपैयाँ तिर्नुपर्नेछ ।

कल्याणकारी कोष विदेशमा मृत्यु भएका, अङ्गभङ्ग भएका र बिरामी परेकाहरुलाई क्षतिपूर्ति दिन बनाइएको कोष हो । कोषमा अहिले ४ अर्ब रुपैयाँ जम्मा भएको छ ।

बोर्डले सोमबारदेखि नै लागू हुने गरी विदेशमा मृत्यु भएका कामदारका परिवारलाई दिने क्षतिपूर्ति ४ लाख रुपैयाँ बढाएको छ । अहिलेसम्म विदेशमा ज्यान गुमाएका कामदारका परिवारले ३ लाख मात्रै क्षतिपूर्ति पाउँदै आएका थिए ।

अब विदेशमा मृत्यु भएका कामदारका परिवार ७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन् । तत्कालीन प्रधानमन्त्री प्रचण्डले क्षतिपूर्ति रकम ७ लाख पुर्‍याउने घोषणा गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

क्षतिपूर्ति बढाएपछि कल्याणकारी कोष बापतको शुल्क वृद्धि गर्नु परेको बोर्डको तर्क छ । क्षतिपूर्ति बढाएर सकारात्मक काम गरेपनि आर्थिक भार भने कामदारमाथि नै थोपारिएको छ । अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो