४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढ्यो, ९५०० तिर्नुपर्ने

१७ चैत्र २०८१, आईतवार १७:३६

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूले स्वास्थ्य परीक्षण शुल्कबापत नौ हजार ५०० तिर्नुपर्ने नयाँ कार्यविधि पारित गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत शुक्रबार जारी गरेको सूचना अनुसार स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि गरिएको हो ।

मन्त्रालयले स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नेपाल सरकारले महत्वपूर्ण निर्णयहरू गरेको सूचना मार्फत जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस र वैदेशिक रोजगारसम्बन्धी नियमावलीका आधारमा मन्त्रिस्तरीय बैठकले गत चैत ८ गते विभिन्न सुधारात्मक उपायहरू पारित गरेको सूचनामा उल्लेख छ ।

सरकारको निर्णय अनुसार, अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । यस कदमले कामदारहरूको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, परीक्षण शुल्कलाई पारदर्शी र सुलभ बनाउन सरकारले सबै परीक्षण समेटिएको प्याकेज शुल्क रु. ९,५०० तोकेको छ । जसमा वैदेशिक रोजगारमा जाने युवाहरुलाई सहुलियत हुनुपर्ने उल्लेख छ ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नियमनलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको भन्दै सूचिकृत स्वास्थ्य संस्थाहरूले सूचना प्रकाशन भएको मितिबाट दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गरी मन्त्रालयबाट आफैले निरीक्षण गराउनुपर्ने बताइएको छ । तोकिएको समयसीमाभित्र पूर्वाधार तयार नगर्ने संस्थाहरूको सूचीकरण तथा नविकरण खारेज गरिने समेत सूचनामा उल्लेख छ।

त्यस्तै स्वास्थ्य परीक्षण प्रणालीलाई आधुनिक बनाउन सरकारले विद्युतीय प्रणालीमार्फत रिपोर्ट अपलोड गर्ने अनिवार्यता पनि लागू गर्ने भएको छ । यसका लागि विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने कामदारहरूको अन्तिम स्वीकृति अब स्वास्थ्य परीक्षण प्रतिवेदन विभागमा अनिवार्य रूपमा अपलोड गरेपछि मात्रै प्रदान गरिने सूचनामा उल्लेख छ ।

कामदारहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार थप सचेत बनेको बताइएको छ । यसै सन्दर्भमा, पूर्व प्रस्थान तालिममा स्वास्थ्यसम्बन्धी नयाँ विषयहरू समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ