२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढ्यो, ९५०० तिर्नुपर्ने

२०८१, १७ चैत्र आईतवार १७:३६

काठमाडौं । वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूले स्वास्थ्य परीक्षण शुल्कबापत नौ हजार ५०० तिर्नुपर्ने नयाँ कार्यविधि पारित गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत शुक्रबार जारी गरेको सूचना अनुसार स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि गरिएको हो ।

मन्त्रालयले स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नेपाल सरकारले महत्वपूर्ण निर्णयहरू गरेको सूचना मार्फत जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस र वैदेशिक रोजगारसम्बन्धी नियमावलीका आधारमा मन्त्रिस्तरीय बैठकले गत चैत ८ गते विभिन्न सुधारात्मक उपायहरू पारित गरेको सूचनामा उल्लेख छ ।

सरकारको निर्णय अनुसार, अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । यस कदमले कामदारहरूको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । साथै, परीक्षण शुल्कलाई पारदर्शी र सुलभ बनाउन सरकारले सबै परीक्षण समेटिएको प्याकेज शुल्क रु. ९,५०० तोकेको छ । जसमा वैदेशिक रोजगारमा जाने युवाहरुलाई सहुलियत हुनुपर्ने उल्लेख छ ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको नियमनलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको भन्दै सूचिकृत स्वास्थ्य संस्थाहरूले सूचना प्रकाशन भएको मितिबाट दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गरी मन्त्रालयबाट आफैले निरीक्षण गराउनुपर्ने बताइएको छ । तोकिएको समयसीमाभित्र पूर्वाधार तयार नगर्ने संस्थाहरूको सूचीकरण तथा नविकरण खारेज गरिने समेत सूचनामा उल्लेख छ।

त्यस्तै स्वास्थ्य परीक्षण प्रणालीलाई आधुनिक बनाउन सरकारले विद्युतीय प्रणालीमार्फत रिपोर्ट अपलोड गर्ने अनिवार्यता पनि लागू गर्ने भएको छ । यसका लागि विज्ञ समिति गठन गरी एक महिनाभित्र प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । वैदेशिक रोजगारमा जाने कामदारहरूको अन्तिम स्वीकृति अब स्वास्थ्य परीक्षण प्रतिवेदन विभागमा अनिवार्य रूपमा अपलोड गरेपछि मात्रै प्रदान गरिने सूचनामा उल्लेख छ ।

कामदारहरूको स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सरकार थप सचेत बनेको बताइएको छ । यसै सन्दर्भमा, पूर्व प्रस्थान तालिममा स्वास्थ्यसम्बन्धी नयाँ विषयहरू समावेश गर्न वैदेशिक रोजगार बोर्डलाई पत्राचार गरिएको सूचना मार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न