९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इपीएस भीषा नीतिमा कडाई गर्ने कोरियाको तयारी, नेपाली कामदार प्रभावित हुने

१९ श्रावण २०७४, बिहीबार १०:०४


साउन १९, दक्षिण कोरिया । कोरिया  कोरिया सरकारले रोजगार अनुमति प्रणाली (इपीएस)को भीषामा कडा पार्ने तयारी गरेको छ।

 विदेशी कामदार कटौती गर्ने रणनीति अनुरुप सरकारले नयाँ नीति र नियममार्फत भीषामा कडाई गर्न लागेको हो । नयाँ नियम अनुसार गैरव्यावसायिक अर्थात कामदारको भीषा अवधि एक पटक भन्दा बढी थप हुने छैन्। चार वर्ष दश महिनाको भीषा अवधि पछि इ नाईन भीषाका विदेशी कामदारले एक पटक भीषा थप्न पाउने नियम रहेको छ।

कानुन मन्त्रालयले रोजगार मन्त्रालय र मजदुर युनियनसँग समन्वय र छलफल गरेर नयाँ नियम ल्याउने तयारी गरेको यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अहिलेको नियम अनुसार इ नाईन भीषामा आएका विदेशी कामदार कोरियामा चार वर्ष दश महिना बसेर काम गदै आएका छन्। भीषा अवधि सकिएपछि उनीहरु स्वदेश फिर्ता वा अर्को भाषा परीक्षा दिनुपर्ने हुन्छ।

कोरियन क्षमता परिक्षा उत्तिर्ण भएमा फेरि चार वर्ष दश महिनाको भीषा नविकरण हुन्छ। नयाँ नीतिले दुई पटक भन्दा बढि कोरिया वसाई र कोरियामा रोजगारी गर्ने विदेशीको चाहनालाई बन्देज गर्ने छ।

कोरियामा इपीएस भीषा प्राप्त गर्न कोरिया भाषा परीक्षा लगायत विभिन्न परीक्षणमा सफल भएमा सकिने प्रावधान छ। जस अन्तर्गत उमेर हदबन्दी भन्दा कम उमेरका विदेशी कामदार एक पटकको भीषा अवधि सकिएपछि पनि भाषा परीक्षा उत्तिर्ण गरेर पटक पटक कोरियामा काम गर्न आउन सक्ने प्रावधान रहेको छ।

यसैगरी अधिकारीहरुले उमेर हदबन्दी ननाघेका इपिएस कामदार पुनः कामका लागि कोरिया आउन रोक्ने नीतिले मानव अधिकार उल्लंघन हुन सक्छ कि भनेर त्यसबारे पनि आन्तरिक छलफल र परामर्शमा जुटेका छन्।

नयाँ नीतिले विदेशीलाई नौ वर्ष आठ महिना भन्दा बढि बसाईमा बन्देज गर्ने छ। सो अवधि भन्दा बढि बसेमा अवैधानिक हुने छ। नयाँ नीति जारी भएपछि नौ वर्ष आठ महिना भन्दा बढि कोरिया बसेर काम गरिरहेका विदेशी कामदार प्रभावित हुने छन्।

नीति जारीपछि ति कामदार स्वतः स्वदेश फिर्ता हुनुपर्ने छ या इ नाइन भीषा बाहेकका अन्य भीषाका लागि आवेदन दिनुपर्ने हुन्छ। 

नयाँ नीति जारी भएपछि इपिएस भाषा परिक्षा दिएर कोरियामा काम गरी फर्केर पुनः सिबिटि दिएर आएका सयौ नेपाली कामदार प्रभावित हुने छ । उमेर ३९ वर्ष ननाघेका तथा कम्पनीले उत्कृष्ट कामदारका रुपमा लिएर पुनः कामका लागि बोलाउन सक्ने सयौ नेपाली कामदार पुनः कोरिया आउनबाट बन्चित हुने छन् । 

सिविटि दिएर वा पिबीटी दिएर नौ वर्ष आठ महिना अवधि पुरा गरेका सयौ नेपाली अहिले पनि कोरियामा कार्यरत छन् । नियम कार्यन्वन आएपछि स्वतः उनीहरु स्वदेश फिर्ता हुनुपर्ने छ । कोरियामा सन् दुइ हजार आठमा इपिएस लागू भएयता पैतालीस हजार भन्दा बढि नेपाली यहाँ आइसकेका छन् । -अन्नपूर्ण अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो