अर्जुन बराल | साउन २२, सौल (सास) | दक्षिण कोरिया सरकारले बढाएको सन् २०१८ को न्युनतम ज्यालाबृद्धिलाई कोरिया रोजगारदाता संघले बृद्धि गरिएको रकमबाट समस्त रोजगारदाता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल | साउन २२, सौल (सास) | दक्षिण कोरिया सरकारले बढाएको सन् २०१८ को न्युनतम ज्यालाबृद्धिलाई कोरिया रोजगारदाता संघले बृद्धि गरिएको रकमबाट समस्त रोजगारदाता"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा न्युनतम ज्यालादर बृद्धिदरको बिरोध, श्रमनीति परिबर्तन हुँन सक्ने

२२ श्रावण २०७४, आईतवार ०५:२२

अर्जुन बराल | साउन २२, सौल (सास) | दक्षिण कोरिया सरकारले बढाएको सन् २०१८ को न्युनतम ज्यालाबृद्धिलाई कोरिया रोजगारदाता संघले बृद्धि गरिएको रकमबाट समस्त रोजगारदातामा निराशा छाएकोले संघर्र्षको माध्यमबाट कार्यान्वयनमा ल्याउन अबरोध गर्ने जनाउँ दिएको छ ।

टेक्सटायल तथा अन्य उधोग कम्मनि संगठनका प्रतिनिधिहरुले बताए अनुसार सरकारले बृृद्धि गरेको प्रतिघण्टा न्युनतम ज्यालादर रोजगारदाताको निम्ति अनुपयुक्त हुनुका साथै कम्पनिका समस्यालाई न्युन गर्नुको साटो झन बृद्धि गरेकोले संगठनमा रहीरहन उपयुक्त नहुने भन्दै संघ परित्याग गर्न सक्ने चेतावनी सरकार समक्ष पेश गरेको छ । तर मजदुर संगठनले मजदुरको न्युनतम ज्याला प्रतिघण्टा दशहजार वोन पुरयाउँन पर्ने माग गरेतापनि बिभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थितीमा सन् २०१७ को ज्यालादर ६४७० वोनलाई मतदानको माध्यमबाट ७५३० वोन अर्कोबर्षका निम्ति बृद्धि गरिएको थियो ।  

यो निर्णय काफि हदसम्म नवनियुक्त राष्ट्रपति मुन जे ईन र उनका सल्लाहकारको नीति अस्थायी र स्थायी मजदुरलाई एउटै तहमा पुरयाईएको साथै राष्ट्रपतिले मजदुरलार्ई पहिलो प्राथमिकतामा राखेकोले मजदुरको पक्षमा निर्र्णय गरिएर रोजगारदाताको हकमा नगरिएको आरोप रोजगारदाता संघका अध्यक्षले लगाएका छन् भने न्युनतम प्रतिघण्टा बृद्धिगरिएको ज्यालादर ७,५३० वोनलार्ई रोक्नका लागि सन् १९७० मा रोजगारदाताको हितमा स्थापित संगठन चोनवाङ्ग छोड्न सकिने जनाउँ दिएका छन् ।

यदि कुनै कम्पनिमा १६०० भन्दा बढि कामदार भए १० प्रतिशत ज्यालाबृद्धि भएपनि कम्पनिले बीस अरब वोन भुक्तानी गर्र्नुपर्ने हुन्छ तर सन् २०१४ देखि सन् २०१६ सम्मका यी दुई बर्षमा रोजगारदाताहरु ३४.३ अरब वोन घाटामा गईरहेको अबस्थामा एक्कासी अधिकतम बृद्धि गरिएको रकमले कम्पनिहरु स्थापित होईन बिस्थापित अबस्थामा पुग्ने साथै कम्पनि संचालनमा राख्ने हो भने सरकारले यस निर्णयमा बिचार गरि कामदारको संङख्यामा भारी कटौती गर्नुपर्ने कम्पनि संचालकहरुले बताएका छन् ।

ब्यापार एसोसियनका एक सदस्यले बताएअनुसार राष्ट्रपति मुन जे ईन सत्तामा आएपछि कोरिया रोजगारदाता संघ निष्क्रिय झै भएको छ । यदि मजदुरको प्रतिघण्टा बृद्धि गरिएको न्युनतम ज्यालादरमा चित्त नबुझेको खण्डमा यसलाई छलफलमा ल्याईनु पर्दथ्यो तर छलफलमा ल्याईएन भने अब यो बृद्धिरकम कार्यान्वयन हुँनुपर्दछ यस निर्णयबाट कोहि बाहिर जान सत्तैन ।

यस बिषयमा राष्ट्रपति मुन जे ईन ले बिपक्षीदलका नेताहरुसँग ज्यालाबृद्धिको दुश्प्रभाबबाट पर्न सक्ने असर प्रति आफु चिन्तिर रहेको र यसलाई रोक्नका लागि सन् २०१७ को अन्त्यसम्ममा केहि नियमलार्ई सुधारिने र केहि नियमलाई संसोधन गरिने बताएका छन् जसले गर्दा कोरियाको श्रमनीतिमा केहि महत्वपूर्ण निर्णय अब छिट्टै हुने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट