साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा नेपाली युवाले श्रीमती र बहिनिलाई यस्तो ‘सुसाइड नोट’ लेखेर गरे आत्महत्या

२४ श्रावण २०७४, मंगलवार १६:३६


साउन २४, सोल । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ। पेपर दे घर जान्छु भन्दा पनि दिँदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । त्यो बुढी र बहिनीलाई दिनु होला’, पर्वतका २८ वर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन् ।

अरु नेपाली युवाहरुले कोरियामा आत्महत्या गरेको घटना सुन्दा आश्चर्य मान्दै आएका करिब २८ वर्षीय श्रेष्ठले सोमबार आफै आत्महत्या गरेका छन्।

आत्महत्या गर्नुअघि श्रेष्ठले श्रीमती र बहिनीलाई सम्झिएका छन्। श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात् करीव ३२ हजार रुपैयाँ आफ्नो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ।

पर्वतको थापाथाना घर भएका श्रेष्ठको स्वास्थ्य खराब रहेको, औषधी उपचार गर्दा पनि निको नभएको, विदा लिएर घरमा आउन चाहेको, कम्पनीले घरमा आउन बिदा नदिएको, निन्द्रा नलाग्ने समस्या रहेको, निन्द्रा लाग्ने औषधि सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाइ र सुसाइड नोटबाट खुल्न आएको छ।

करिब १५ महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन्। कोरियाको छुन्जुस्थित आफ्नै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन। छतमा जाने भरयाङमा पासो लगाएर श्रेष्ठले आत्महत्या गरेको श्रेष्ठका रुम पार्टनर अमृत गिरीले जानकारी गराएका छन्।

अघिल्लो दिनमा राम्रोसँग सुतेको साथी बिहान काममा जाने समयमा कोठामा फेला नपरेपछि श्रेष्ठको खोजी शुरु गरिएको थियो। बाथरुम र अन्यत्र खोजी गर्दा नभेटिएका श्रेष्ठ भरयाङमा झुण्डिएको अवस्थामा भेटिएको उनका साथीहले बताएका छन्। साथीका अनुसार कम्पनीको काम सजिलो थियो भने बसाई पनि सहज नै थियो। साथीले एक्कासी आत्महत्या गर्नुको कारण बुझन नसकेको ती साथीले बताएका छन्।

श्रेष्ठ निन्द्रा नलाग्ने समस्याबाट पीडित थिए। निन्द्रा लाग्ने औषधि सेवन गर्दै आएका थिए। बिदा लिएर घरमा आउने चाहना पनि श्रेष्ठले व्यक्त गर्दै आएका थिए तर कम्पनीले बिदा नदिएको गुनासो पनि उनले गरेका छन्। दिवा र रात्रीकालीन सेवा रहेको कम्पनीमा श्रेष्ठले दिवा सेवामा काम गर्ने गरेका थिए।

सहकर्मीहरुका अनुसार कोरियामा किन नेपाली युवाले आत्महत्या गरेर ज्यान गुमाउँछन भनेर कुराकानी गर्ने गर्थे। एक्कासी श्रेष्ठलाई झुण्डिएको अवस्थामा भेट्दा उनका सहकर्मीहरु पनि विक्षिप्त भएका छन्। श्रेष्ठका दाजु पनि कोरियामै काम गर्छन्। सोलसिथ्त नेपाली राजदूतावासले पनि आत्महत्याको बारेमा कोरियन प्रहरीले खबर गरेको बताएको छ। श्रेष्ठको शव छुन्जुस्थित स्थानीय अस्पतालमा राखिएको छ। सो कम्पनीमा अन्य नौ जना नेपालीले काम गर्दै आएका छन्।

तीन दिनअघि गुल्मीका बिष्णुप्रसाद घिमिरेको कार्यस्थलमा दुर्घटनामा निधन भएको थियो। रोजगार अनुमति प्रणाली इपिएस मार्फत् रोजगारीका लागि कोरिया पुग्ने नेपाली युवामा आत्महत्याको क्रम बढेको छ । -अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन