२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईको ११ हजारमा बेचिएकी नेपाली महिलाको एअरपोर्टबाटै यसरि गरियो उद्दार

२०७४, ३१ श्रावण मंगलवार ०९:५८


 साउन ३१, काठमाडौँ । दलालले भारतको बाटो हँदै युएई ल्याएर घरेलु कामदारको रुपमा कुवेत पठाउँदै गरेकी सुरुङ्गा झापा घर भएकी मुना डाँगीलाई दुबई एअरपोर्टबाट उद्दार गरिएको छ ।

डाँगीलाई दलालले युएईको अजमानमा ल्याएर राखेको थियो । उनलाई कुवेत पठाउनका लागि दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो । विमानस्थलमा भेट भएकी नेपाली महिला दिपिका भण्डारीले सोधीखोजी गर्दा आफू दलालमार्फत युएई आएको र आफूलाई दलालले कुवेतमा बिक्री ल्याएको बताएपछि उनको उद्दारका लागि पहल भएको थियो ।

भण्डारीले एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीसँग समन्वय गरी पिडित डाँगीको अवस्थाको बारेमा एअरपोर्ट प्रहरीलाई खवर रेकी थिइन । डाँगीले आफू कुवेत जान नचाहेको तर, नेपाल फर्कन आफूलाई केही थाहा नभएको बताईन । 

दुई छोरा र एक छोरीकी आमा डाँगी अहिले विमानस्थलमा छन् । उनको उद्दारमा पहल गर्ने दिपिका भण्डारीको पहलमा उनको नेपाल फिर्तीको टिकट व्यवस्था गरेर आज ५ बजे उनी नेपाल फर्किदै छन् ।

आफ्नो यात्राबीचमै रोकेर २४ घण्टासम्म निरन्तर पहलपछि नेपाली महिला डाँगीलाई उद्दार गरी नेपाल फर्काउन पाएकोमा भण्डारीले खुशी व्यक्त भनिन्, ‘नेपाली महिला दिदिबहिनीहरुलाई दलालले बेचेर धेरै दुःख दिएका छन् । एउटा नेपाली दिदीलाई उद्दार गर्न सके, खुशी लागेको छ ।”

डाँगीले युएई ल्याउने दलालले आफूजस्तै धेरै नेपाली महिलालाई बन्धक बनाएर राख्ने गरेको बताईन । उनीलगायत चार जना नेपाली महिला १२ दिन पहिले युएई आएका थिए ।

नेपालमा दलाल सम्झना राई र युएईमा दलालको नाम थाहा नभएको उनले बताइन । दुई दिन भारतमा राखेर भारतको बाटो हुँदै राम्रो भिषा र धेरै पैसा कमाइने आश्वासन दलालले दिएको उनले बताईन ।

आफूलाई कुवेतमा युएई दिहराम्स ११ हजारमा बेच्न लागेको थाहा पाएर कुवेत नजाने कुरा गर्दा दलालले पासपोर्टमा व्याण्ड लगाएर २ वर्ष युएईमा जेल हालिदिने धम्की दिएका थिए ।

कुवेत नजाने भए २ लाख नेपाली रुपैया दिनुपर्ने र विभिन्न धम्कीको कारण आफू बाध्य भएर कुवेत जान तयार भएको उनले बताइन । आफू नेपाली, बंगलादेशी, श्रीलकन गरी धेरै महिलाहरुलाई उक्त दलालले थुनेर राखेको बताइन ।

काम गर्न नसकेर फर्किएका महिलाहरुलाई दलालले आफ्नो पैसा डुबेको भन्दै कुट्ने, जबरजस्ती काममा लगाउने र धम्की दिने गरेको उनको भनाई छ । कहिलेकाँही प्रहरी चेक गर्न आउदा बाहिर लुकाएर राख्ने गरेका पनि उनले बताइन ।

उनी जस्तै भिजिट भिषा वा नक्कली भिषामा युएई ल्याएर कुबेत, ओमनलगायतका देशमा बेचबिखनका लागि ल्याइएका महिलाहरु दैनिक विमानस्थलमा भेटिने त्यहाँ कार्यरत नेपालीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण