साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौ"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

३१ श्रावण २०७४, मंगलवार १३:१०


साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ । यसअघि पाइलट फेज (परिक्षणकाल) का रुपमा नेपाली कामदार लगेको इजरायल उनीहरुको कामबाट सन्तुष्ट भएर थप कामदार लाने इच्छा देखाएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो । 

थप कामदार लैजाने मोडलको विषयमा एक चरणमा छलफल भैसकेको र थप छलफल गरेर मोडल तयार गर्ने सहमती भएको अधिकारीले बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालयले माग अनुसार कामदार पठाउन तयार रहेको तर कामदार छनोट गर्ने प्रक्रियामा केहि परिवर्तन गर्न माग गरेको छ । 

नेपालका तर्फबाट आवेदन दिएका सबैजनालाई परीक्षामा सहभागी गराउन माग गरिएको छ । पिआइबिएले पहिले ‘सटलिस्ट’ तयार गरेर मात्रै परीक्षामा सहभागी गराउँदा छनोटमा नपरेका कामदार असन्तुष्ट भएको भन्दै कम्तीमा परीक्षा दिने वातावरण मिलाउन वैदेशिक रोजगार विभागले आग्रह गरेको हो । 

यस्तै इजरायलले नेपाली कामदारको माग बढाउनका लागि १० वटा केन्द्र बनाउन लागेको जानकारी गराएको छ । केयरगिभरमा नेपाली कामदार जाँदा कुन घरमा कति कामदार चाहिएको हो माग संकलनका लागि अहिले इजरायलका ६ ठाउँमा केन्द्र रहेका छन् । थप ४ ठाउँमा माग संकलन केन्द्र बनाउने जानकारी इजरायल टोलीले दिएको छ । 

आ–आफ्नो तर्फबाट थप तयारी गरेर अबको मोडलका बारेमा छलफल गर्ने सहमती समेत भएको छ । २०७२ सालको साउन २२ गते नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार इजरायल पठाउने सम्झौतामा हस्ताक्षर भएको थियो । वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक भरत सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यही सम्झौता अनुसार पहिलो चरणमा नेपाली कामदार पुगिसकेका छन् भने दोश्रो चरणमा छनोट गरिसकिएको छ । दोश्रो चरणमा ५८ जना जाने तयारीमा छन् । आउँदो कात्तिक सम्ममा उनीहरु इजरायल उड्ने विभागले जनाएको छ । परिक्षणका रुपमा ३ सय कामदार लाने सम्झौता भएपनि पहिलो चरणमा ५९ र दोश्रो चरणमा ५८ जनाको मात्रै इजरायलबाट माग आएको हो । 

इजरायल जानेले स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रकम गरी झण्डै १० हजार रुपैयाँ र हवाइ टिकटको मात्रै तिर्नु पर्छ । कामदारले प्रवेशाज्ञा र सेवा शुल्क बापत रकम तिर्नु पर्दैन । 

कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अंग्रेजी राम्रो भएका महिला इजरायलको पहिलो प्राथमिकतामा पर्छन् । इजरायल जाने पुरषको संया थोरै छ । रोजगारीका लागि केयरगिभरको तालिम लिएका वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउँछन् । 

इजरायलमा मासिक तलव न्युनतम एक लाख रुपैयाँ हुने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेको हो । इजरायलमा बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लगेको हो ।

यसअघि वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउँदा ठगेपछि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । तर दुई वर्ष पहिले सरकारले नै कामदार पठाउने गरि सम्झौता भएपछि इजरायल नेपालका लागि खुला गरिएको हो । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान