साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौ"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लान इजरायल तयार

२०७४, ३१ श्रावण मंगलवार १३:१०


साउन ३१, काठमाडौं । इजरायलले केयरगिभर र पर्यटन क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । 

यसका लागि श्रम तथा रोजगार मन्त्रालय र इजरायलको कामदार छनौट गर्ने संस्था पिआइबिएबिच छलफल सुरु भएको छ । यसअघि पाइलट फेज (परिक्षणकाल) का रुपमा नेपाली कामदार लगेको इजरायल उनीहरुको कामबाट सन्तुष्ट भएर थप कामदार लाने इच्छा देखाएको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताउनुभयो । 

थप कामदार लैजाने मोडलको विषयमा एक चरणमा छलफल भैसकेको र थप छलफल गरेर मोडल तयार गर्ने सहमती भएको अधिकारीले बताउनुभयो । श्रम तथा रोजगार मन्त्रालयले माग अनुसार कामदार पठाउन तयार रहेको तर कामदार छनोट गर्ने प्रक्रियामा केहि परिवर्तन गर्न माग गरेको छ । 

नेपालका तर्फबाट आवेदन दिएका सबैजनालाई परीक्षामा सहभागी गराउन माग गरिएको छ । पिआइबिएले पहिले ‘सटलिस्ट’ तयार गरेर मात्रै परीक्षामा सहभागी गराउँदा छनोटमा नपरेका कामदार असन्तुष्ट भएको भन्दै कम्तीमा परीक्षा दिने वातावरण मिलाउन वैदेशिक रोजगार विभागले आग्रह गरेको हो । 

यस्तै इजरायलले नेपाली कामदारको माग बढाउनका लागि १० वटा केन्द्र बनाउन लागेको जानकारी गराएको छ । केयरगिभरमा नेपाली कामदार जाँदा कुन घरमा कति कामदार चाहिएको हो माग संकलनका लागि अहिले इजरायलका ६ ठाउँमा केन्द्र रहेका छन् । थप ४ ठाउँमा माग संकलन केन्द्र बनाउने जानकारी इजरायल टोलीले दिएको छ । 

आ–आफ्नो तर्फबाट थप तयारी गरेर अबको मोडलका बारेमा छलफल गर्ने सहमती समेत भएको छ । २०७२ सालको साउन २२ गते नेपाल र इजरायल सरकारबीच ‘केयरगिभर’का रुपमा नेपाली कामदार इजरायल पठाउने सम्झौतामा हस्ताक्षर भएको थियो । वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक भरत सुवेदी र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यही सम्झौता अनुसार पहिलो चरणमा नेपाली कामदार पुगिसकेका छन् भने दोश्रो चरणमा छनोट गरिसकिएको छ । दोश्रो चरणमा ५८ जना जाने तयारीमा छन् । आउँदो कात्तिक सम्ममा उनीहरु इजरायल उड्ने विभागले जनाएको छ । परिक्षणका रुपमा ३ सय कामदार लाने सम्झौता भएपनि पहिलो चरणमा ५९ र दोश्रो चरणमा ५८ जनाको मात्रै इजरायलबाट माग आएको हो । 

इजरायल जानेले स्वास्थ्य परीक्षण, बिमा र कल्याणकारी कोषको रकम गरी झण्डै १० हजार रुपैयाँ र हवाइ टिकटको मात्रै तिर्नु पर्छ । कामदारले प्रवेशाज्ञा र सेवा शुल्क बापत रकम तिर्नु पर्दैन । 

कम्तीमा प्रवेशिका परीक्षा उत्तीर्ण र अंग्रेजी राम्रो भएका महिला इजरायलको पहिलो प्राथमिकतामा पर्छन् । इजरायल जाने पुरषको संया थोरै छ । रोजगारीका लागि केयरगिभरको तालिम लिएका वा नर्सिङ विषय पढेकाले बढी प्राथमिकता पाउँछन् । 

इजरायलमा मासिक तलव न्युनतम एक लाख रुपैयाँ हुने भएकाले इजरायल नेपाली कामदारका लागि आकर्षक गन्तव्य बनेको हो । इजरायलमा बूढाबूढीलाई स्याहारसुसार गर्ने कामका लागि घरेलु कामदारका रुपमा केयरगिभर लगेको हो ।

यसअघि वैदेशिक रोजगार व्यवसायीले कामदार पठाउँदा ठगेपछि इजरायलले नेपाली कामदार लिन बन्द गरेको थियो । तर दुई वर्ष पहिले सरकारले नै कामदार पठाउने गरि सम्झौता भएपछि इजरायल नेपालका लागि खुला गरिएको हो । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना