२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीका सात देश जाने युवा ठग्न गाम्काको अर्को चलखेल

२०७४, ३२ श्रावण बुधबार १०:१२

साउन ३२, काठमाडौं । खाडीका सात देशमा जाने कामदारलाई स्वास्थ्य परिक्षणका नाममा फेरि आर्थिकभार थप्ने चलखेल सुरु भएको छ । 

गाम्का नेपालले स्वास्थ्य परिक्षण गर्नु पहिले अनलाइन फारम भर्नुपर्ने भन्दै वैदेशिक रोजगार व्यवसायी संघमा पत्रचार गरेको हो । अनलाइन फारम भरेर कामदारले १० डलर गल्फ हेल्थ काउन्सिलको खातामा जम्मा गर्नुपर्ने नियम लगाएको छ । 

अनलाइन फारम भर्नु पर्ने र बैंकमा रकम जम्मा गरेर मात्रै तोकिएका स्वास्थ्य संस्थामा जानु पर्ने नियम ल्याउन काम्काले चलखेल गरेको हो । 

गएको साउन १५ गतेबाटै यो नियम कार्यन्वयन गर्न गाम्काले पत्रचार गरिसकेको छ । गाम्का नेपालका पब्लिक रिलेसन म्यानेजर मोहन चौलागाईंले साउदी, बहराइन, ओमन, एमन, युएई, कतार र कुवेत जाने कामदारले अब थप रकम तिर्नुपर्ने बताउनुभयो । 

वैदेशिक रोजगारीमा जाने युवाले गामका नेपालमा आवद्ध १२ वटा मेडिकल संस्थामा नै पुगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने सिन्डिकेट लगाइएको छ । स्वास्थ्य परीक्षणका नाममा अहिलेपनि यी देशमा जाने कामदारले ५ हजार ५ सय रुपैयाँ तिर्दै आएका छन् । 

गामका नेपालले सात महिना पहिले नै नाम दर्ता गरेबापत १० डलर लिने तयारी गरेको थियो । तर म्यानपावर व्यवसायीले त्यसको विरोध गर्दै दुई हप्तासम्म कामदारको स्वास्थ्य परीक्षण रोकेका थिए ।

सरकारले पनि जथावाभी शुल्क नउठाउन गाम्कालाई निर्देशन दिएपछि तत्काल निर्णय कार्यन्वयन नगरेको गाम्काले फेरि गल्फ हेल्थ काउन्सिलसँग मिलेर रकम उठाउन लागेको हो । गाम्काको यो चलखेल सफल भए वैदेशिक रोजगारीमा खाडीका देश जाने कामदारले स्वास्थ्य परीक्षणका नाममा झण्डै ७ हजार रुपैयाँ बुझाउनु पर्नेछ । 

चौलागाईंले नयाँ नियम लागु नभए स्वास्थ्य परीक्षण गर्न सम्स्या हुने समेत बताउनु भएको छ । उहाँले अहिले काम्काले प्रयोग गरिरहेको सफ्टवाइर गल्फ हेल्थ काउन्सिलले जुनसुकै बेला बन्द गराउन सक्ने बताउनुभयो । 

वैदेशिक रोजगार व्यवसायीले मानेनन् 

गाम्काले निर्णय कार्यन्वयनका लागि सबै म्यानपावर कम्पनीमा जानकारी गराइदिन भन्दै साउन ११ गते वैदेशिक रोजगार व्यवसायी संघलाई पत्र पठाएको थियो । तर संघले काम्काको यो निर्णय मान्न नसकिने जनाएको छ । संघका अध्यक्ष रोहन गुरुङले कामदारलाई आर्थिकभार थपिने कार्य नमान्ने भन्दै साउन १३ गते काम्कालाई पत्रको जवाफ पठाउनु भएको छ । गल्फ हेल्थ काउन्सिलले नेपालको श्रम तथा रोजगार मन्त्रालयमा अनुमती नलिएको भन्दै पुरानै प्रक्रियाबाट स्वास्थ्य परीक्षण गर्न संघले काम्कालाई अनुरोध गरेको छ । 

श्रम मन्त्रालयले तत्काल अनुमती दिएन 

कामदारले थप १० डलर बुझाउनु पर्ने पत्र गाम्का नेपालले श्रम तथा रोजगार मन्त्रालयलाई पनि पठाएको थियो । तर मन्त्रालयले तत्काल कार्यन्वयन नगर्न निर्देशन दिएको मन्त्रालयका वैदेशिक रोजगार शाखाका उपसचिव शिवराम पोख्रेलले जानकारी दिनुभयो । 

यसअघि मलेसिया जाने युवासँग वन स्टेप, इमिग्रसन सेक्युरेटीका नाममा रकम नलिन गृह मन्त्रालयले निर्देशन दिएपनि कर्मचारीको मिलेमतोमा रकम अशुलीरहेका छन् । मन्त्रालयको कमजोरी र मिलेमतोका काराण खाडीका देशमा जाने कामदारलाई ठग्ने चलखेल भएको वैदेशिक रोजगार व्यवसायीको आरोप छ । 

काम्काका पब्लीक रिलेसन म्यानेजर मोहन चौलागाईंले भने अहिले थपिएको रकम सिधै गल्फ हेल्थ काउन्सिलमा जम्मा हुने बताउनुभयो । अहिलेसम्म पुरानै प्रक्रियाबाट स्वास्थ्य परीक्षण भैरहेको र रकम पनि पहिलेकै जति ५५ सय मात्रै लिएको जानकारी दिनुभयो । -उज्यालो अनलाइनबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण