२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेनमा नेपाली कामदार १० हजारमा पठाऊ भन्ने मन्त्रीको दिमाग चेक गर्नुपर्छ…

२०७४, २ भाद्र शुक्रबार १७:०९

भदौ २, काठमाडौँ | बैदेशिक रोजगार ब्यबसायी संघका नव निर्वाचित अध्यक्ष रोहन गुरुङ्गले सामाजिक संजालमा श्रम मन्त्री फर्मुल्लाह मन्सुरलाई इंगित गर्दै चर्को अलोचना गरेका छन् ।

गुरुङले पछिल्लो स्टाटसमा मन्त्री मन्सुरप्रति इंगित गर्दै लेखेका छन – 'स्वीडेनमा दश हजार लिएर कामदार पठाऊ भन्ने निर्णय गर्ने मन्त्रिको दिमाग चेक गर्नु पर्छ।'

हेर्नुहोस् गुरुङको स्टाटस जस्ताको तस्तै : 



युरोपेली मुलुकमा नेपाली कामदारलाई पठाउन म्यानपावर कम्पनीहरूले अधिकतम् सेवा शुल्क १० हजार मात्र लिन पाउने श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले बताएका थिए । मन्त्री मन्सुरले १० हजार मात्र तोकिसकेकाले यदि कोही म्यानपावर कम्पनीलाई त्यसरी काम गर्दा घाटा लाग्छ भने म्यानपावर व्यवसाय नै छाड्न सुझाव दिएका थिए । 

मन्त्री मन्सुरले तोकिएको मुलुकमा अधिकतम् १० हजार रूपैयाँभन्दा बढी रकम असुलेर वैदेशिक रोजगारीमा पठाएको प्रमाण भटिए जो सुकैलाई पनि आफूले कारबाही गरिछाड्ने बताएका थिए । संघका अध्यक्ष गुरुङको पछिल्लो स्टाटस मन्त्रीको सोहि अभिव्यक्तिसँग लक्षित छ । गुरुङले मासिक २ लाख १३ हजार तलब दिने प्रतिबद्धतासहित नेपाली कामदारको माग आए पनि सेवा शुल्कको नाममा सरकारले अड्काएर राखेको आरोप लगाएका छन  अध्यक्ष गुरुङले निजी लगानीमा बजार प्रबद्र्धन, कार्यालय भाडा, कर्मचारी तलब भत्तालगायत खर्च गरी माग पत्र प्राप्त गर्ने हुँदा १० हजार रूपैयाँ सेवा शुल्क अपर्याप्त भएको बताउँदै आएका छन् । 

गुरुङले मन्त्री भएर जिम्मेबार नभएको भन्दै १० हजारमा स्वीडेन पठाउँदा ब्यावसायिलाई फाईदा छैन भने स्वीडेन नपठाए हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण भएको बताए । उनले मन्त्री मन्सुरलाई प्रश्न गरेका छन् – 'कुनै जिम्मेबारी छैन, बेरोजगार नागरिक र ब्यवसायी प्रति ?? सिमा नाघेपछि संयमता टुढ्दै जाने रहेछ।' 

माथिको तश्विरमा: बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना