२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेन र माल्टाबाट नेपाली कामदारको माग, १० हजारमै युरोप !

२०७४, ५ भाद्र सोमबार ०९:५६

भदौ ५, काठमाडौं । पहिलोपटक युरोपियन मुलुक स्वीडेन र माल्टाबाट नेपाली कामदारको ‘डिमान्ड’ आएको छ । केही म्यानपावर कम्पनीले स्वीडेन र माल्टाका विभिन्न कम्पनी र फर्मबाट कामदारको माग ल्याएका हुन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दुबै देशमा संस्थागत श्रम इजाजत दिन सकिने बताएको छ । बोर्डबाट न्युनतम् लागतमै संस्थागत श्रम स्वीकृति दिन सिफारिस आएको श्रम मन्त्रालयका सह–सचिव तेजराज पाण्डेले बताए ।

‘म्यानपावर ब्यवसायीले माग लिएर आएकाले बोर्डले सम्बन्धित देशको अवस्थाबारे अध्ययन गरेर नेपाली कामदार पठाउन सकिने सिफारिस गरेको छ’ उनले भने

अधिकारीहरुका अनुसार स्वीडेन र माल्टाबाट अर्धदक्ष कामदारको माग आएको हो । अहिले नेपालको अर्धदक्ष कामदार प्रायः सबै खाडी मुलुक जाने गरेका छन् ।

कामदारको माग आएका देश र सम्बन्धित कम्पनीहरुको अवस्था अध्ययन गरेर संस्थगत श्रम स्वीकृति दिने नदिने निर्णय लिइने श्रम मन्त्रालयले जनाएको छ । ‘पराराष्ट्र मन्त्रालयको राय लिएर निर्णय हुन्छ’ सह–सचिव पाण्डेले भने ।

श्रम स्वीकृति दिने निर्णय गर्नु अघि सम्वन्धित देशको आर्थिक, कानुनी तथा सामाजिक अवस्था अध्ययन हुनेछ । साथै मानव अधिकारको अवस्था, आप्रवासी कामदारमाथि गरिने व्यवहार, पारिश्रमिक दर, कामदारमैत्री श्रम कानुुन लगायतका विषयमा स्पष्ट भएर समग्र अवस्था राम्रो पाइए मात्रै कामदार पठाउन अनुमति दिने पाण्डेले बताए ।

१० हजारमै युरोप !

एउटा म्यानपावरले स्वीडेनबाट २०० भन्दा धेरै नेपाली कामदारको डिमान्ड ल्याएको छ । २/३ वटा म्यानपावरले माल्टाबाट डेढ सयभन्दा धेरै कामदारको माग ल्याएका वैदेशिक रोजगार विभाग स्रोतले जानकारी दियो ।

म्यानपावरहरुले संस्थागत रुपमै डिमान्ड ल्याएपछि श्रम स्वीकति खोल्ने प्रक्रिया सुरु गरिएको थियो । बोर्डले त्यहाँ कामदार पठाउँदा म्यानपावरले १० हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सिफारिस गरेको छ ।

यदि यही सिफारिसअनुसार निर्णय भए खाडीमा लागू भएको जस्तै फ्री भिसा र फ्री टिकटको कार्यान्वयन युरोपेली मुलुकमा पनि सुरु हुनेछ ।

न्युनतम् साढे ५ सय डलर कमाइ

अधिकारीहरुका अनुसार कम्तिमा न्युनतम् साढे ५ सय डलर तलव नभई स्वीडेन र माल्टा नेपाली कामदार पडाइने छैन । बोर्डले पनि यसैअनुसार सिफारिस गरेको छ । यसरी नेपाली कामदार गए ५० हजार भन्दा बढी तलव पाउने सुनिश्चितता हुने सहसचिव पाण्डेले जानकारी दिए ।

कामदार पठाउने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नुपर्छ । ‘यदि सबै षिय सकारात्मक देखिए भने नेपाली कामदारलाई खाडीको विकल्प दिन सक्छौं’ श्रम सहसचिव पाण्डेले भने, ‘युरोपेली मुलुकमा पनि अर्धदक्ष कामदारको माग छ । हामीले बजार पहिल्याउन चाहिरहेका छौं ।’

- अनलाइन खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण