१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीडेन र माल्टाबाट नेपाली कामदारको माग, १० हजारमै युरोप !

५ भाद्र २०७४, सोमबार ०९:५६

भदौ ५, काठमाडौं । पहिलोपटक युरोपियन मुलुक स्वीडेन र माल्टाबाट नेपाली कामदारको ‘डिमान्ड’ आएको छ । केही म्यानपावर कम्पनीले स्वीडेन र माल्टाका विभिन्न कम्पनी र फर्मबाट कामदारको माग ल्याएका हुन् ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले दुबै देशमा संस्थागत श्रम इजाजत दिन सकिने बताएको छ । बोर्डबाट न्युनतम् लागतमै संस्थागत श्रम स्वीकृति दिन सिफारिस आएको श्रम मन्त्रालयका सह–सचिव तेजराज पाण्डेले बताए ।

‘म्यानपावर ब्यवसायीले माग लिएर आएकाले बोर्डले सम्बन्धित देशको अवस्थाबारे अध्ययन गरेर नेपाली कामदार पठाउन सकिने सिफारिस गरेको छ’ उनले भने

अधिकारीहरुका अनुसार स्वीडेन र माल्टाबाट अर्धदक्ष कामदारको माग आएको हो । अहिले नेपालको अर्धदक्ष कामदार प्रायः सबै खाडी मुलुक जाने गरेका छन् ।

कामदारको माग आएका देश र सम्बन्धित कम्पनीहरुको अवस्था अध्ययन गरेर संस्थगत श्रम स्वीकृति दिने नदिने निर्णय लिइने श्रम मन्त्रालयले जनाएको छ । ‘पराराष्ट्र मन्त्रालयको राय लिएर निर्णय हुन्छ’ सह–सचिव पाण्डेले भने ।

श्रम स्वीकृति दिने निर्णय गर्नु अघि सम्वन्धित देशको आर्थिक, कानुनी तथा सामाजिक अवस्था अध्ययन हुनेछ । साथै मानव अधिकारको अवस्था, आप्रवासी कामदारमाथि गरिने व्यवहार, पारिश्रमिक दर, कामदारमैत्री श्रम कानुुन लगायतका विषयमा स्पष्ट भएर समग्र अवस्था राम्रो पाइए मात्रै कामदार पठाउन अनुमति दिने पाण्डेले बताए ।

१० हजारमै युरोप !

एउटा म्यानपावरले स्वीडेनबाट २०० भन्दा धेरै नेपाली कामदारको डिमान्ड ल्याएको छ । २/३ वटा म्यानपावरले माल्टाबाट डेढ सयभन्दा धेरै कामदारको माग ल्याएका वैदेशिक रोजगार विभाग स्रोतले जानकारी दियो ।

म्यानपावरहरुले संस्थागत रुपमै डिमान्ड ल्याएपछि श्रम स्वीकति खोल्ने प्रक्रिया सुरु गरिएको थियो । बोर्डले त्यहाँ कामदार पठाउँदा म्यानपावरले १० हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने गरी सिफारिस गरेको छ ।

यदि यही सिफारिसअनुसार निर्णय भए खाडीमा लागू भएको जस्तै फ्री भिसा र फ्री टिकटको कार्यान्वयन युरोपेली मुलुकमा पनि सुरु हुनेछ ।

न्युनतम् साढे ५ सय डलर कमाइ

अधिकारीहरुका अनुसार कम्तिमा न्युनतम् साढे ५ सय डलर तलव नभई स्वीडेन र माल्टा नेपाली कामदार पडाइने छैन । बोर्डले पनि यसैअनुसार सिफारिस गरेको छ । यसरी नेपाली कामदार गए ५० हजार भन्दा बढी तलव पाउने सुनिश्चितता हुने सहसचिव पाण्डेले जानकारी दिए ।

कामदार पठाउने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्नुपर्छ । ‘यदि सबै षिय सकारात्मक देखिए भने नेपाली कामदारलाई खाडीको विकल्प दिन सक्छौं’ श्रम सहसचिव पाण्डेले भने, ‘युरोपेली मुलुकमा पनि अर्धदक्ष कामदारको माग छ । हामीले बजार पहिल्याउन चाहिरहेका छौं ।’

- अनलाइन खबरबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु