२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईबाट एजेन्टको चुनौती- ‘मैले हजारौं मान्छे भिजिट भिसामा ल्याईरहेको छु’

युएईमा दुई महिला अलपत्र !
२०८२, ६ असार शुक्रबार १४:१७

काठमाडौँ । भिजिट भिसामा युएई लगेर मासिक ६० हजार तलबमा काम लगाईदिने प्रलोभनमा धादिङकि एक महिलाले साढे तीन लाख रकम शोभाकान्ता ढकाललाई बुझाइन् । शोभाकान्ता ढकाल युएई बसेर भिजिट भिसाको धन्दा चलाउने चितवन राप्ति ८ स्थायी घर भएका दिपक ढकालकि श्रीमती हुन् । दिपककै निर्देशनमा पीडितले शोभाको खातामा रकम जम्मा गरेकी हुन् ।

पीडित महिला कसैको चिनजानको माध्यमबाट भिजिट भिसा धन्दाका नाइके एजेन्ट दिपक ढकालको व्हाट्सएप सम्पर्कमा पुगेकी थिईन् । व्हाट्सएपबाट कुरा हुँदै जाँदा सहजै युएईमा रोजगारमा लगाईदिने प्रलोभनमा आफू परेको पीडित बताउँछिन् । उनि आफू जाने तयारी हुँदै गर्दा उनी ढकालको प्रलोभनमा गएका अरु महिला पीडित बनेको खबर पाएपछि युएई नजाने मनस्थिति बनाएको बताउँछिन् । तर उनको तीन लाख ५० हजार रकम फसिसकेको छ । पीडितसँग ग्लोबल आइएमई बैंक मार्फत शोभाकान्ता ढकाललाई रकम डिपोजिट गरेको प्रमाण सुरक्षित राखेकी छन् ।

साथै पीडित र एजेन्टबीच भएको कुराकानीको प्रमाण समेत छ । भिजिट भिसामा लगेर काममा लगाईदिन्छु भन्ने एजेन्ट ढकालले पीडितलाई पैसा अशुली अघि प्रलोभन देखाउँदै भनेका छन् ‘ढुक्क हुनु मासिक ६०/६५ हजार तलब नाचेर, हासेर कमाई गर्नुहुन्छ । ६० हजार हासी-हासी कमाई हुन्छ ।’

तश्वीरमा: एजेन्ट दिपक ढकाल (हाल युएई) 

यो रिपोर्ट तयार गर्दै गर्दा एजेन्ट ढकालले भिजिट भिसामा लगेका अरु नेपाली महिलाहरु समेत पीडित रहेको जानकारी प्राप्त भएको छ । सुरुवातमा ३ लाख भन्दा बढी अशुलेर लैजाने, लगेको डलर छउन्जेल घुमाउने र पछि अलपत्र पार्ने उनको धन्दा हो । भिजिटमा लगिएकाहरुको भिजिट भिसाको मिति सकिएपछि उल्टो भिसा थपिदिने भन्दै पैसा समेत अशुलेर सम्पर्कबिहिन हुने गरेको पाइएको छ । ति एजेन्टले हाल युएईमै दुईजना पीडित नेपालीहरु प्रितिका थपलिया सापकोटा र कमला थापा पौडेललाई भिसा थपिदिने भन्दै एक हजार दिर्हाम लिएर सम्पर्कबिहीन भएको गुनाशो पीडितहरुले गरेका छन् ।

काममा लगाईदिने भन्दै एक महिनासम्म झुलाएर सम्पर्कबिहिन बनेपछि पीडीतहरु यतिखेर युएईको उमअल कुवेन भन्ने ठाउँमा अलपत्र छन् । उनीहरुमाथि युएईमा ओभरस्टे बसेको भन्दै ५ हजार दिर्हाम फाइन समेत लागिसकेको पाइएको छ । उनिहरुले आफ्नो उद्धार गरि नेपाल फिर्ता गरिदिन अनुरोध गरिरहेका छन् ।

पीडितहरुले दलालको भरमा पर्दा सुरुमा ठूलो रकम खर्च गरेर युएई आएको र त्यसपछि पनि रकम ठगि गरेको बताएका छन् । त्यसमा पनि अहिले ओभरस्टेको छुट्टै फाइन लागेको कारण आफूहरुसँग त्यतिका पैसा तिर्ने रकम नभएको भन्दै हार गुहार गरेका छन् । उनीहरुले दुतावाससँग आफूहरुलाई नेपाल फिर्ता गरिदिन पहल गरिदिन आग्रह गरे ।

एजेन्ट भन्छन् – ‘मासिक २५-३० जना भिजिटमा ल्याईरहेको छु’

भिजिट भिसामा युएई लैजाने एजेन्ट दिपक ढकालले आफूले दैनिक जस्तो भिजिट भिसामा नेपालीलाई युएई ल्याईरहेको बताएका छन् । साझा सबाल मिडियाले गरेको सोधपुछको क्रममा एजेन्ट ढकालले निर्धक्कका साथ भनेका छन् – ‘म एक जना मान्छे ल्याउनलाई मात्र बसेको होइन, हजारौं मान्छे ल्याउँछु मैले । तपाइँ के गर्न सक्नुहुन्छ गर्नुस् ।’ उनले अगाडी फेरी भने ‘मैले मान्छे ल्याउँछु भिजिटको, एक जना मात्र होइन हजारौं ल्याउँछु । महिनामा २० देखि २५ जना ल्याऊछु । कहिले धेरै पनि हुन्छ ।’

एजेन्ट ढकालले आफू दुबई एअरपोर्ट टर्मिनल-२ मा काम गर्ने बताए । तर यस सम्बन्धमा उनले दिएको जानकारी भने गलत रहेको पाइएको छ । ढकालले भिजिट भिसामा नेपाली लैजाँदा ३ लाख ५० हजार अशुलेको समेत स्वीकारेका छन् । अशुलिने रकम आफ्नो श्रीमतीको नाममा हाल्ने गरेको पनि ढकालले स्वीकारे ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ अनुसार इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने काम गर्न पाइदैन । यस्ता गतिबिधि गरेको पुष्टि भएको खण्डमा सम्बन्धित पीडकलाई कानुनी कारवाही तथा दण्ड सजायको व्यवस्था छ । यस्ता पीडकलाई तीन लाखदेखि ५ लाखसम्म जरिवानाको साथै तीन बर्षदेखि ७ बर्षको कैद सजायको व्यवस्था तोकेको छ । विदेश पठाउने भनि पैसा अशुलेको तर नपठाएको हकमा आधा सजाय हुने उल्लेख छ । तर एजेन्ट दिपक ढकालले विदेशमै पुर्याएर पिडित बनाएको र नेपालमा समेत रकम अशुली गरेर वैदेशिक रोजगा अन्तर्गत ठगि गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन