२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

युएईबाट एजेन्टको चुनौती- ‘मैले हजारौं मान्छे भिजिट भिसामा ल्याईरहेको छु’

युएईमा दुई महिला अलपत्र !
६ असार २०८२, शुक्रबार १४:१७

काठमाडौँ । भिजिट भिसामा युएई लगेर मासिक ६० हजार तलबमा काम लगाईदिने प्रलोभनमा धादिङकि एक महिलाले साढे तीन लाख रकम शोभाकान्ता ढकाललाई बुझाइन् । शोभाकान्ता ढकाल युएई बसेर भिजिट भिसाको धन्दा चलाउने चितवन राप्ति ८ स्थायी घर भएका दिपक ढकालकि श्रीमती हुन् । दिपककै निर्देशनमा पीडितले शोभाको खातामा रकम जम्मा गरेकी हुन् ।

पीडित महिला कसैको चिनजानको माध्यमबाट भिजिट भिसा धन्दाका नाइके एजेन्ट दिपक ढकालको व्हाट्सएप सम्पर्कमा पुगेकी थिईन् । व्हाट्सएपबाट कुरा हुँदै जाँदा सहजै युएईमा रोजगारमा लगाईदिने प्रलोभनमा आफू परेको पीडित बताउँछिन् । उनि आफू जाने तयारी हुँदै गर्दा उनी ढकालको प्रलोभनमा गएका अरु महिला पीडित बनेको खबर पाएपछि युएई नजाने मनस्थिति बनाएको बताउँछिन् । तर उनको तीन लाख ५० हजार रकम फसिसकेको छ । पीडितसँग ग्लोबल आइएमई बैंक मार्फत शोभाकान्ता ढकाललाई रकम डिपोजिट गरेको प्रमाण सुरक्षित राखेकी छन् ।

साथै पीडित र एजेन्टबीच भएको कुराकानीको प्रमाण समेत छ । भिजिट भिसामा लगेर काममा लगाईदिन्छु भन्ने एजेन्ट ढकालले पीडितलाई पैसा अशुली अघि प्रलोभन देखाउँदै भनेका छन् ‘ढुक्क हुनु मासिक ६०/६५ हजार तलब नाचेर, हासेर कमाई गर्नुहुन्छ । ६० हजार हासी-हासी कमाई हुन्छ ।’

तश्वीरमा: एजेन्ट दिपक ढकाल (हाल युएई) 

यो रिपोर्ट तयार गर्दै गर्दा एजेन्ट ढकालले भिजिट भिसामा लगेका अरु नेपाली महिलाहरु समेत पीडित रहेको जानकारी प्राप्त भएको छ । सुरुवातमा ३ लाख भन्दा बढी अशुलेर लैजाने, लगेको डलर छउन्जेल घुमाउने र पछि अलपत्र पार्ने उनको धन्दा हो । भिजिटमा लगिएकाहरुको भिजिट भिसाको मिति सकिएपछि उल्टो भिसा थपिदिने भन्दै पैसा समेत अशुलेर सम्पर्कबिहिन हुने गरेको पाइएको छ । ति एजेन्टले हाल युएईमै दुईजना पीडित नेपालीहरु प्रितिका थपलिया सापकोटा र कमला थापा पौडेललाई भिसा थपिदिने भन्दै एक हजार दिर्हाम लिएर सम्पर्कबिहीन भएको गुनाशो पीडितहरुले गरेका छन् ।

काममा लगाईदिने भन्दै एक महिनासम्म झुलाएर सम्पर्कबिहिन बनेपछि पीडीतहरु यतिखेर युएईको उमअल कुवेन भन्ने ठाउँमा अलपत्र छन् । उनीहरुमाथि युएईमा ओभरस्टे बसेको भन्दै ५ हजार दिर्हाम फाइन समेत लागिसकेको पाइएको छ । उनिहरुले आफ्नो उद्धार गरि नेपाल फिर्ता गरिदिन अनुरोध गरिरहेका छन् ।

पीडितहरुले दलालको भरमा पर्दा सुरुमा ठूलो रकम खर्च गरेर युएई आएको र त्यसपछि पनि रकम ठगि गरेको बताएका छन् । त्यसमा पनि अहिले ओभरस्टेको छुट्टै फाइन लागेको कारण आफूहरुसँग त्यतिका पैसा तिर्ने रकम नभएको भन्दै हार गुहार गरेका छन् । उनीहरुले दुतावाससँग आफूहरुलाई नेपाल फिर्ता गरिदिन पहल गरिदिन आग्रह गरे ।

एजेन्ट भन्छन् – ‘मासिक २५-३० जना भिजिटमा ल्याईरहेको छु’

भिजिट भिसामा युएई लैजाने एजेन्ट दिपक ढकालले आफूले दैनिक जस्तो भिजिट भिसामा नेपालीलाई युएई ल्याईरहेको बताएका छन् । साझा सबाल मिडियाले गरेको सोधपुछको क्रममा एजेन्ट ढकालले निर्धक्कका साथ भनेका छन् – ‘म एक जना मान्छे ल्याउनलाई मात्र बसेको होइन, हजारौं मान्छे ल्याउँछु मैले । तपाइँ के गर्न सक्नुहुन्छ गर्नुस् ।’ उनले अगाडी फेरी भने ‘मैले मान्छे ल्याउँछु भिजिटको, एक जना मात्र होइन हजारौं ल्याउँछु । महिनामा २० देखि २५ जना ल्याऊछु । कहिले धेरै पनि हुन्छ ।’

एजेन्ट ढकालले आफू दुबई एअरपोर्ट टर्मिनल-२ मा काम गर्ने बताए । तर यस सम्बन्धमा उनले दिएको जानकारी भने गलत रहेको पाइएको छ । ढकालले भिजिट भिसामा नेपाली लैजाँदा ३ लाख ५० हजार अशुलेको समेत स्वीकारेका छन् । अशुलिने रकम आफ्नो श्रीमतीको नाममा हाल्ने गरेको पनि ढकालले स्वीकारे ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ अनुसार इजाजत नलिई वैदेशिक रोजगारमा पठाउने काम गर्न पाइदैन । यस्ता गतिबिधि गरेको पुष्टि भएको खण्डमा सम्बन्धित पीडकलाई कानुनी कारवाही तथा दण्ड सजायको व्यवस्था छ । यस्ता पीडकलाई तीन लाखदेखि ५ लाखसम्म जरिवानाको साथै तीन बर्षदेखि ७ बर्षको कैद सजायको व्यवस्था तोकेको छ । विदेश पठाउने भनि पैसा अशुलेको तर नपठाएको हकमा आधा सजाय हुने उल्लेख छ । तर एजेन्ट दिपक ढकालले विदेशमै पुर्याएर पिडित बनाएको र नेपालमा समेत रकम अशुली गरेर वैदेशिक रोजगा अन्तर्गत ठगि गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…